‘लप्पन छप्पन २’ मा शिव श्रेष्ठ पनि « Khabarhub

‘लप्पन छप्पन २’ मा शिव श्रेष्ठ पनि


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – चलचित्र ‘लप्पन छप्पन २’ मा अभिनेता शिव श्रेष्ठ पनि अनुबन्ध भएका छन् । केही दिनअघि फिल्म ‘प्रेम गीत ३’ मा पनि र श्रेष्ठ अनुबन्ध भएका थिए । सो फिल्ममा श्रेष्ठले प्रदीप खड्काका बुबाको भूमिका निभाउने जनाइएको छ ।

‘लप्पन छप्पन २’ मा पनि अभिनेता श्रेष्ठलाई बुबाकै भूमिकामा उनले अभिनय गर्ने भएका छन् । उनले यो फिल्ममा अभिनेता सौगात मल्लको बुबाको भूमिका निभाउने जनाइएको छ ।

निर्माण टिमले शनिवार दिउँसो अभिनेता श्रेष्ठसँग सम्झौता गर्दै अनुबन्ध गरेको हो । महाशिवरात्रीको अवसर पारेर फागुन ९ गते प्रदर्शन गरिने भनिएको यो फिल्ममा दयाहाङ राई, अर्पण थापा, अनुपविक्रम शाही, नम्रता श्रेष्ठ, सुरविना कार्की, सुजना सिना लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

‘खतरनाक गेम’ भनिएको यो फिल्ममा मुकुन्द भट्टको निर्देशन रहनेछ भने फिल्मलाई अस्ट्रेलिया, युरोप र नेपालमा पनि खिचिनेछ । यस्तै फिल्ममा मुकुन्द भट्ट र सुनील निउरेको कथा रहेको छ । यद्यपि फिल्मको पहिलो सिक्वेल ‘लप्पन छप्पन’ले भने दर्शकको खासै साथ पाउन सकेको थिएन ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १२ : ५४ बजे

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान – तेहरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका

बादलले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं- नेकपा एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ द्वारा

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपदबारे सम्बोधनको तयारी गर्न निर्देशन

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी