ट्रम्प बने उत्तर कोरिया पुग्ने पहिलो अमेरिकी राष्ट्रपति, किमसँग गोप्य वार्ता « Khabarhub

ट्रम्प बने उत्तर कोरिया पुग्ने पहिलो अमेरिकी राष्ट्रपति, किमसँग गोप्य वार्ता


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोन उनबीच कोरियाली सीमा क्षेत्रमा भेटवार्ता भएको छ ।

उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्र डीएमजेडमा उनीहरुबीच भेट भएको हो ।

डीएमजेड अर्थात डिमिलिट्राइज्ड जोन(सीमा क्षेत्र) उत्तर र दक्षिण कोरियालाई विभाजित गर्ने असैन्यकृत क्षेत्र हो ।

यो अभूतपूर्व भेटवार्ता ट्रम्पले अचानक किम जोन उनसँग डीएमजेडमा भेट्ने प्रस्ताव गरेपछि भएको हो ।

भेटवार्तासँगै ट्रम्प उत्तरकोरियाली भूमिका टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । उनी उत्तर कोरियाको भूमिमा २० पाइला हिँडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सीमा क्षेत्रमा ट्रम्प पुगेपछि उनलाई स्वागत गर्न किम पुगेका थिए र उनीहरु सँगसँगै उत्तर कोरियाली भूमिमा हिँडेका थिए । त्यसपछि किम र ट्रम्पबीच एक्लाएक्लै वार्ता भएको सीएनएनले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १ : ४४ बजे

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र