अध्यागमन कार्यालयका सुब्बाविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

अध्यागमन कार्यालयका सुब्बाविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका नायब सुब्बा ललित कुमार झाविरुद्ध डेढ करोड रुपैयाँ बढी बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले झासहित उनकी श्रीमत सुचिता देवी झाविरुद्ध पनि सोहीअनुसार बिगो दावी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले गरेको छानबिनबाट १७ असार २०४० देखि सरकारी सेवा प्रवेश गरेका झाले गत ज्येष्ठ मसान्तसम्म बैध स्रोतबाट २ करोड २८ लाख ६४ हजार २ सय ८ रुपैयाँ बराबर आम्दानी गरेका छन् । तर, सोही अवधिमा झाले आफूसहित आफ्नी श्रीमती सुचिताको नाममा ३ करोड ८५ लाख ४३ हजार २ सय ३४ रुपैयाँ बराबरको लगानी तथा खर्च गरेको अख्तियारले जनाएको छ ।

झाले खर्च तथा लगानी गरेको रकममध्ये १ करोड ५६ लाख ७९ हजार २७ रुपैयाँको स्रोत नखुलेको भन्दै अख्तियारले उनीविरुद्ध सोही रकम बराबर बिगो तथा जरिवाना र कैद सजाय मागदावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ३ : ४५ बजे

धानखेतीको तालिका बदलिँदै : जेठमै पाक्छ धान

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका– ६ कसरौलका किसान रामसिकन राना अहिले चैते

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

भोजपुर– दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्न खोक्सिकमा

राप्रपासँगै रास्वपाले पनि गर्‍यो सदन बहिस्कार

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । भिजिट भिसा

प्रि ओपन सेसन : नेप्सेमा साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल