आइफा अवार्डका लागि एक अर्ब छुट्याइएकोमा नेता रावलको आपत्ति « Khabarhub

आइफा अवार्डका लागि एक अर्ब छुट्याइएकोमा नेता रावलको आपत्ति


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले सरकारले नेपालमा आयोजना हुने भारतीय फिल्म अवार्ड (आइफा)का लागि एक अर्ब आर्थिक सहायता उपलब्ध गराउने निर्णयप्रति आपत्ति जनाएका छन् ।

नेता रावलले निजी क्षेत्रको लगानीमा आयोजना हुने गरेको सो अवार्डमा नेपाल सरकारले १ अर्ब आर्थिक सहायता उपलब्ध गराउने निर्णय लिनु उचित नभएको तर्क पनि गरे । आइतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले जनताका लागि अस्पताल, बाटो बनाउन नसक्ने अवस्थामा रहेको देशले अन्य देशका कलाकारलाई आर्थिक सहायता उपलब्ध गराउन उपयुक्त नभएको पनि बताए ।

सरकारले सो फिल्म अवार्ड नेपाल पर्यटन बोर्डको नेतृत्वमा काठमाडौंमा आयोजना गर्नका लागि स्वीकृति प्रदान गरेका थिए । त्यसका लागि आर्थिक सहायता पनि उपलब्ध गराउन सरकारले निर्णय लिएको दावी गर्दै नेता रावलले असन्तुष्टि जनाए । उनले नेपाली चलचित्र क्षेत्रका लागि केही बजेट दिन नसक्ने सरकारले भारतीय फिल्म अवार्डका लागि भनेर एक अर्ब बजेट दिन जायज नहुने पनि बताए ।

नेता रावलले मन्त्रिपरिषद विस्तार गर्दा पार्टीको नीति अनुसार गर्न पनि सरकारलाई सचेत गराए । सरकार पार्टीको नीति अनुसार चल्न नसकेको पनि नेता रावलको दावी छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ३ : ५६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन