सर्लाहीमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु | Khabarhub Khabarhub

सर्लाहीमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– स्थानीयले अवरुद्ध गरेको राजमार्ग खुलाउने क्रममा प्रहरीले चलाएको गोली लागेर सर्लाहीमा १ जनाको मृत्यु भएको छ ।

खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेको थिए । प्रहरीले अवरुद्ध राजमार्ग खुलाउन थालेपछि स्थानीय ढुङ्गा–मुढा प्रहारमा उत्रिएका थिए ।

झडपलाई नियन्त्रणमा लिन भन्दै प्रहरीले हवाइ फायर गर्दा १ जनाको मृत्यु भएको हो । झडपमा अन्य ४ जना स्थानीय घाइते भएका छन् । घाइते भएका ४ जनालाई पनि गोली लागेको स्थानीयको भनाइ छ ।

स्थानीय बाँके खोलामा गिट्टी–बालुवा निकाल्दा बनेको खाल्डोमा डुबेर स्थानीय लाले रायका छोरा अमित रायको मृत्यु भएको थियो ।

स्थानीयले गिट्टी बालुवा उत्खनन् गर्ने ठेकेदारलाई कारबाही तथा मृतक परिवारलाई क्षतिपूर्तिका माग गर्दै राजमार्ग अवरुद्ध गरेका थिए ।

राजमार्गको अवरोध हटाउँदा प्रहरीको गोली लागेर सर्लाहीको ईश्वरपुर–१३ का २९ वर्षीय केवल महतोको मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ५ : २० बजे

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत

लिम्बु संस्कृति झल्किने चोःलुङ पार्क (फोटो फिचर)

तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको चोःलुङ पार्क पछिल्लो समय