समाजवादी पार्टी र राजपा नेपाल एकीकरणका लागि घनिभूत छलफलमा « Khabarhub

समाजवादी पार्टी र राजपा नेपाल एकीकरणका लागि घनिभूत छलफलमा


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल एकीकरणका लागि छलफलमा जुटेका छन् ।

दुई पार्टी एकीकरणका लागि सहमत भइसकेका भए पनि कुन मोडालिटीमा हुने भन्ने विषय टुंगाेमा पुग्न नसकेको स्रोतले बताएको छ । दुवै पार्टीको असोज र कात्तिकमा हुने महाधिवेशनभन्दा पहिले एकीकरण टुङ्गो लगाउने गरि दुई दलको बीचमा छलफल शुरु भएको छ ।

एकीकरणका लागि समाजवादी पार्टीको तर्फबाट अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालको तर्फबाट सो पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले तीव्रता दिएका हुन् । अध्यक्षमण्डलका सदस्य महतो वार्ताका समितिका संयोजक पनि हुन् । कार्यकारी राष्ट्रपति प्रणालीबाहेक नीतिगत विषयमा दुवै दलमा कुनै कुरामा विमति नरहेको बुझिएको छ।

समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचन प्रणालीबाट कार्यकारी राष्ट्रपति हुनुपर्ने घोषणापत्रमा उल्लेख गरेको छ । राजपा नेपाल भने उक्त प्रणालीको पक्षमा छैन । स्रोतका अनुसार राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरलाई मर्यादाक्रमको पहिलो नम्बरको अध्यक्ष, त्यसपछि बाबुराम भट्टराई, त्यसपछि उपेन्द्र यादव र त्यसपछि वरिष्ठ नेताको रुपमा राजेन्द्र महतोलाई राख्ने विषयमा छलफल भइरहेको छ ।

दुई पार्टीबीच पछिल्लो समय एकीकरणका लागि हरेक बैठकमा २–३ घण्टा लामो छलफल हुने गरेको छ । समाजवादी पार्टीका अध्यक्ष समेत रहेको उपप्रधामन्त्री उपेन्द्र यादवले हालै भनेका थिए, ‘राजपा नेपालका नेताहरुले पनि अब एकता नगरी हुँदैन भनेर महसुश गरिसक्नुभएको छ । त्यसका लागि नेताहरुसँग छलफल चलिरहेको छ ।’

राजपा नेपालका अध्यक्षमण्डलका सदस्य शरदसिंह भण्डारीले समाजवादी पार्टीसँग अनौपचारिक छलफल भइरहेको बताएका छन् ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ७ : ५८ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने