फोहरलाई मोहरमा बदल्न सकिन्छ, बोरामा हाल्ने अनि बाटोमा फाल्ने ? « Khabarhub

फोहरलाई मोहरमा बदल्न सकिन्छ, बोरामा हाल्ने अनि बाटोमा फाल्ने ?


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया हरेक व्यक्तिको घरबाट दैनिक न्यूनतम करिब ५ केजी फोहर निस्किने गर्छ । विशेषगरी शहरी क्षेत्रमा बढी फोहर निस्किन्छ । हामी सबैको बानी के छ भने घरमा भएको फोहरलाइ बोरामा हाल्ने र नगरपालिकाको गाडी आएपछि फाल्ने अन्यथा बाटोमा लगेर फ्याक्ने ।

महानगरको गाडी केही दिन ढिला पुगेमा स्थानीय टोल टोलमा फोहरले दुर्गन्ध मच्चाउँछ । त्यसैले हामीले घरबाट निस्किएको फोहरमैलालाई घरमै पनि व्यवस्थापन गर्न सकिन्छ ।

कतिपयले यसलाई व्यवहारमा उतारेको पनि हुनुहोला । तर कतिपयले यसलाई जानीजानी बेवास्ता गरेका हुन्छन् भने केहीले नजानेर । शहरी विकास मन्त्रालय अन्तर्गत फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका अनुसार ९३ प्रतिशत फोहर पुनः प्रयोग गर्न सकिन्छ ।

तर, हालसम्म फोहरलाइ मानिसले दैनिक पुनः प्रयोग भने गर्न सकेको पाइँदैन । फोहर व्यवस्थापनमा सरकारी, औद्योगिक र स्थानीय तहले आ-आफ्नो स्थानबाट भूमिका निभाउनुपर्छ ।

कुरा सानो भए पनि यसले स्वास्थ्यमा गम्भीर असर निम्त्याउने विषयमा उनीहरु सचेत हुनुपर्छ ।

फोहर व्यवस्थापनलाई आम्दानीका स्रोतमा समेत परिवर्तन गर्न सकिने भए पनि हामी कहाँ त्यस्ता जीम्मेवार निकायहरुले जनचेतनामूलक कार्यक्रम गर्न सकेको पाइँदैन । पहिलो कुरा त स्थानीयलाई फोहरमैला सम्बन्धी परीक्षण दिन जरुर देखिन्छ ।

फोहरलाई प्रशोधन गर्न सकेमा ऊर्जाको स्रोतमा पनि परिणत गर्न सकिन्छ । घरबाट निस्कने फोहरलाई कम्पोष्ट मल बनाएर तरकारी खेतीमा प्रयोग गर्न सकिन्छ ।

कम्पोष्ट मलको प्रयोग गर्दा विरुवाहरु मौलाउने गर्छन् भने विषादीयुक्त तरकारीबाट छुटकारा मिल्छ । यसरी घरमा उत्पादन हुने फोहर कुहिने र नकुहिने छुट्याएर कुहिने फोहर आफैले व्यवस्थापन गर्न सकेमा फोहरको व्यवस्थापन हुन्छ ।

शहरी क्षेत्रमा धेरैजसो मानिसहरु व्यापार व्यवसायमा संलग्न रहेका छन् । व्यवसायबाट उत्पादन भएका फोहरहरुले पनि ठूलो जोखिम निम्त्याइरहेको हुन्छ ।

फलाम, स्टिल तथा प्लाष्टिकजन्य वस्तुका टुक्रा कवाडीलाई बेच्न सकेमा राम्रो हुन्छ । एकातिर आम्दानी पनि हुने अर्कातिर जथाभावी फोहर पनि नहुने । त्यसैले स्थानीय स्तरबाटै फोहरलाई व्यवस्थापन गर्न सबैजना जानकार हुनु आवश्यक छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ६ : १७ बजे

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा