खो–खो खेलको बन्द प्रशिक्षण बर्दियामा हुने « Khabarhub

खो–खो खेलको बन्द प्रशिक्षण बर्दियामा हुने


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं र पोखरामा मंसिर १५–२४ सम्म हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा यतिबेला अधिकाशं खेल जुटिसकेका छन् । धेरै खेलहरु काठमाडौं केन्द्रीत भएर अभ्यासमा व्यस्त रहँदा खो–खो टोली भने बर्दियाको भुरि गाउँमा बन्द प्रशिक्षण गर्ने भएको छ ।

खो–खो टोली बुधबार नै बन्द प्रशिक्षणका लागि बर्दिया जाने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।

खो–खो खेलका पुरुषतर्फका ३५ जना र महिला तर्फका ३५ जना खेलाडी सहभागी हुनेछन् ।

७० जना खेलाडीको टोलीलाई ४ प्रशिक्षकले प्रशिक्षण गराउने राखेपले जनाएको छ । अन्तिममा समान १५–१५ पुरुष/महिला खेलाडी सागका लागि छनोट गरिने छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच मंगलबार बिदाइ गरे ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ७ : ४४ बजे

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश