खो–खो खेलको बन्द प्रशिक्षण बर्दियामा हुने « Khabarhub

खो–खो खेलको बन्द प्रशिक्षण बर्दियामा हुने


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं र पोखरामा मंसिर १५–२४ सम्म हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा यतिबेला अधिकाशं खेल जुटिसकेका छन् । धेरै खेलहरु काठमाडौं केन्द्रीत भएर अभ्यासमा व्यस्त रहँदा खो–खो टोली भने बर्दियाको भुरि गाउँमा बन्द प्रशिक्षण गर्ने भएको छ ।

खो–खो टोली बुधबार नै बन्द प्रशिक्षणका लागि बर्दिया जाने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।

खो–खो खेलका पुरुषतर्फका ३५ जना र महिला तर्फका ३५ जना खेलाडी सहभागी हुनेछन् ।

७० जना खेलाडीको टोलीलाई ४ प्रशिक्षकले प्रशिक्षण गराउने राखेपले जनाएको छ । अन्तिममा समान १५–१५ पुरुष/महिला खेलाडी सागका लागि छनोट गरिने छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच मंगलबार बिदाइ गरे ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ७ : ४४ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय