टोलटोलमा घुमाएर मारियो राक्षस ! « Khabarhub

टोलटोलमा घुमाएर मारियो राक्षस !


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- प्रत्येक श्रावण कृष्ण चतुर्दशीका दिन नेवार समुदायले मनाइने घण्टाकर्ण अर्थात् गठामुग पर्व मंगलबार भक्तपुरमा पृथक शैलीमा मनाइएको छ ।

विशेष गरी नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामुग नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप मंगलबार साँझ भक्तपुरको टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रुप बनाएर टोलटोल घुमाउँदै दोबाटो र चौबाटोमा पु¥याई जलाएर पर्व मनाइएको हो ।

भक्तपुरको भेलुखेल र दत्तात्रयमा भने पृथक शैलीमा यो पर्व मनाउने परम्परा छ । निगालोको चोयाबाट पूर्ण राक्षसरुपी गठामुग बनाएर बाहिर कपडाले मोडेर विभिन्न रङ लगाइ राक्षसको स्वरुप बनाएर टोलटोलमा घुमाएर जगाती लगेर बिसर्जन गरिएको थियो । यस प्रकारको राक्षसरुपी अन्य कतै पनि नभएको र यहाँ पृथक शैली रहेको स्थानीय बाबुरत्न द्यौलाले बताए ।

भक्तपुरका इतिहासविद् एवं संस्कृतविद डा पुरुषोत्तमलोचन श्रेष्ठ सातौँ शताब्दीदेखि चल्दै आएको यो परम्परा महादेवसँग जोडिएको बताउछन्। उनले महादेवलाई मन पराउने राक्षसको रुपमा गठामुग वीर शैव सम्प्रदायअन्तर्गत रहेको बताए ।

आजको दिनलाई महादेव उत्पत्तिको दिनसमेत मानिने, आजदेखि रोपाई सकेर रमाइलो गर्ने, चाडबाडको परम्परा शुरु हुने दिनका रुपमा पनि मानिने श्रेष्ठले बताए । आज बालबालिकाले बाटोमा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीकलाई घिसार्दै जलाउने चलन छ ।

गोपाल वंशावलीअनुसार गठामुगलाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ भने टोलटोमा राँको बालेको छ्वालीको आगोमा बालबालिकालाई सेकाएर रोगव्याधी नाश हुने र भूतप्रेतले नछुने जनविश्वास समेत छ ।

भक्तपुरमा यौनसँग पनि यसलाई दाज्ने गरिन्छ । राक्षस रुपी गठामुगलाई शरीरको रुप दिएर परालबाट लिङ्ग बनाई दुईवटा भोगटेको अण्डकोष बनाएर गीतहरु गाउँदै चोकचोकबाट निकालेर दोबाटो चौबाटोमा लगेर जलाएर भष्म गर्ने परम्परा समेत छ ।

राँको बालेर भूत भगाउने भन्दै पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पु¥याइन्छ । अश्लील गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाइन्छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ९ : २२ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै