प्रमुख अतिथि नबनाएपछि नेता बस्नेतले कांग्रेसकै कार्यक्रम भाँड्न खोजेको आरोप « Khabarhub

प्रमुख अतिथि नबनाएपछि नेता बस्नेतले कांग्रेसकै कार्यक्रम भाँड्न खोजेको आरोप


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आफूलाई एक कार्यक्रममा प्रमुख अतिथि नबनाएको निहुँमा कार्यक्रम नै भाड्न खोजेको जिल्ला नेताहरुले आरोप लगाएका छन् ।

नेपाल महिला संघले आयोजना गरेको मंगलादेवी स्मृति दिवसको कार्यक्रममा नेता बस्नेतलाई प्रमुख अतिथि नबनाएपछि उनले कार्यक्रम नै भाड्न खोजेको आरोप लगाइएको हो ।

गत मंगलबार मंगलादेवी सिंहको २३ औँ स्मृति दिवस मनाइयो ।  महिला संघ जिल्ला शाखाले बाह्रबिसेमा ‘कांग्रेसमा महिलाको अवस्था र पहुँच’ विषयक कार्यक्रम आयोजना गरेको थियो ।

महिला संघको कार्यक्रममा प्रमुख अतिथिका रुपमा महिला नै बनाइएको र नेता बस्नेतलाई विशेष अतिथिका रुपमा निम्त्याइएको भए पनि उनी विशेष अतिथिको रुपमा उपस्थित भएनन् ।

सोही दिन उनले आक्रोश मात्र पोखेनन् लामोसाँघुमा जनजागरण कार्यक्रम नै आयोजना गर्न क्षेत्रीय समितिलाई निर्देशन समेत दिएर उक्त कार्यक्रमको प्रमुख अतिथि समेत बने ।

कांग्रेसका एक जिल्ला नेताले भने, ‘महिला संघको कार्यक्रम भाँड्नको लागि नेता बस्नेतले कार्यक्रम गरेका थिए तर, उनले सोचेजस्तो भएन जागरुण कार्यक्रममा भन्दा महिला संघको कार्यक्रममा उत्साहजनक सहभागिता थियो ।’

महिला संघ जिल्ला सदस्य पाल्साङ लामाले आफूलाई नेता बस्नेतले महिला संघको कार्यक्रममा नजान धम्कीसमेत दिएको आरोप लगाएकी छिन् ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ७ : ५९ बजे

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त, लिए शपथ

काठमाडौँ – नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मन्त्रीको निर्देशनपछि सर्त उल्लङ्घन गर्ने बालाजु क्षेत्रको उद्योगको पानी र बिजुली काटियो

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि बालाजु

राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल

मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर – त्रिभुवन राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-२ स्थित तिलटारमा तरकारी

सरकार र ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स ज्योति