पोल गाडेको २ वर्ष पछि बल्ल बल्यो बिजुली « Khabarhub

पोल गाडेको २ वर्ष पछि बल्ल बल्यो बिजुली


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– काभ्रेको रोशी गाउँपालिकाको वडा नम्बर ११ र १२ भमिखोरीमा पोल गाडेको दुई वर्षपछि बल्ल बत्ती बाल्न शुरु भएको छ । सामुदायिक विद्युतीकरणमार्फत साविक भिमखोरी गाविसमा २०७० सालबाट बत्ती बाल्ने कामको प्रक्रिया शुरु गरिएको थियो ।

स्थानीयवासीको सक्रियामा नयाँ किरण विद्युत् सहकारी संस्था लि गठन गरी थालनी गरेको कामले २०७४ सालबाट पोल गाड्ने र तार टाँग्ने काम शुरु गरिएको थियो । ‘हामीले धेरै प्रयत्नका साथ शुरु गरेको काम दुई बर्षपछि पोल गाड्ने र तार टाँग्ने काम शुरु गर्‍यौँ,’ स्थानीयवासी फुर्साङ तामाङले भने, ‘अब पोल गाडेको र तार टाँगेको दुई वर्षपछि नै बत्ती बाल्न शुरु गर्‍यौँ ।’ नेपाल विद्युत् प्राधिकरणको सामुदायिक ग्रामीण विद्युतीकरण विभागअन्तर्गत नयाँ किरण विद्युत् सहकारी संस्थाले विसं २०७० माघ १० गतेबाट थालिएको पहलले छ वर्षपछि साकार रुप पाएको हो ।

तामाङका अनुसार वडा नंं १२ को शिखरपुर, घ्याङडाँडा, जुवाडाँडा, केराबारी र ठाडेलगायतका ठाउँमा मिटर जडान गरी हाउस वाइरिङको कामसमेत सम्पन्न भइसकेको र वडा नं ११ को कत्तरचेमा पनि मटिर बक्स जडान गरी हाउसवाईरिङको काम सम्पन्न भएको छ । उनका अनुसार पहिलो चरणमा ति ठाउँमा गरी करीब ७०० घरधुरीमा बत्ती बाल्ने र पछि विस्तारै बाल्दै जाने प्रक्रिया रहेको छ ।

अहिले मुख्य लाइनमा विद्युत् प्रसारण गरी मुख्य ट्रान्समिटर १०० केभिए र सहायक ट्रान्समिटर ५० केभिए भोल्टेजका सात वटा ट्रान्सफरमरको चार्जिङ प्रक्रिया थालेसँगै परीक्षण प्रशारण सफल भएको गाउँपालिका वडाध्यक्ष रामबहादुर मोक्तानले बताए । अहिले सो ट्रान्समिटर चार्ज गर्ने काम भइरहेको उनले बताए । ‘अहिले मुख्यसहित गरेर चार्ज गर्ने काम गरिरहेका छौँ, विद्युत् प्राधिकरण र सहकारी संस्थाबीचको समन्वयपश्चात् हामी सहायक लाइनमा विद्युत् प्रसारणको काम अगाडि बढाउँछौँ,’ उनले भने ।

कार्यक्रमअनुसार पहिलो चरणमा विद्युतीकरण सम्पन्न भएका वडा नम्बर १२ का सबै र ११ का करीब ६० प्रतिशत घरमा विद्युत् लाइन प्रसारण हुने जनाइएको छ । बाँकी घरमा छिट्टै मिटर जडानसँगै हाउस वाइरिङ सकेपछि भीमखोरीका घर झिलीमिली हुने विद्युतीकरण कार्यक्रम तथा सहकारीका प्रबन्धक ध्रुब रायमाझीले बताए । उनका अनुसार पहिलो चरणको कार्यक्रमअन्तर्गत नेपाल विद्युत् प्राधिकरणको ९० प्रतिशत र स्थानीय जनताको १० प्रतिशत गरी ५ करोड १७ लाख लागतमा करीब १ हजार घरधुरीले बत्ती बाल्ने रायमाझीले बताए ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  १० : ५० बजे

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र