स्वतन्त्रताका नाममा लोकतन्त्रमाथि ‘धावा’ बोल्ने छुट कसैलाई छैन– मन्त्री बाँस्कोटा « Khabarhub

स्वतन्त्रताका नाममा लोकतन्त्रमाथि ‘धावा’ बोल्ने छुट कसैलाई छैन– मन्त्री बाँस्कोटा


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकतन्त्र लोकतान्त्रिक व्यवस्थाको रक्षाको निम्ति भएको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकल प्रसाद बाँस्कोटाले त्यसको समाप्तिको निम्ति कसैलाई छुट दिन नसकिने बताएका छन् ।

राष्ट्रिय सभामा पेश भएको मिडिया काउन्सिल सम्बन्धि विधेयकको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले प्रेस स्वतन्त्रताका नाममा लोकतन्त्रमाथि ‘धावा’ बोल्ने छुट कसैलाई नभएको बताए ।

प्रेस स्वतन्त्रमाथि दुई खालको चुनौती रहेको भन्दै मन्त्री बाँस्कोटाले लोकतन्त्रि गणतन्त्र स्थापित नहोस्, भद्रगोल होस् भन्ने तहबाट गरिने वाह्य आक्रमण र अर्को स्वतन्त्रताको नाममा प्रेसले आफूले आफूलाई नै अनुवन्धित गर्दै लगेको बताए ।

नागरिकले प्रेस प्रति विश्वास गर्ने वातावरण मर्यादा र सिमालाई प्रेस जगतले सोच्नु पर्ने उनको भनाइ छ ।

मिडिया काउन्सिल विधेयकले पत्रकारिता जगतमा स्ववनियमनका लागि भएको उनको भनाइ छ ।

यो क्षेत्रमा स्वनियमन नभएसम्मका लागि मात्र कानूनी नियनम आवश्यक भएको उनको भनाइ थियो ।

यो विधेयक अनुसार छापासहित सबै खाले मिडियाको अनुगम गर्ने अधिकार,दोस्रो स्वसासित हुने कुरा र तेस्रो कारवाहीको प्रकृया बारे रहेको उनले जानकारी दिए ।

उजुरी पछिेपछि मिलापत्र, अनिमात्र स्पष्टिकरण र अनिमात्र आवह्यक क्षतिपूर्तिको व्यवस्था रहेको र यस विषयमा थप छलफल गर्न सकिने उनलेब ताए ।

पूर्ण प्रेस स्वतन्त्रलाई संविधानले पनि छुट नदिएको मन्त्री बाँस्कोटाले बताए । गणतन्त्र, राष्ट्रिय अखण्डता, सार्वभौम सत्ता यस्ता केही विषयलाई संविधानले पनि प्रतिबन्धात्मक व्यवस्था गरेको उनको तर्क थियो ।

स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने तर्फ सरकार नजाने उनको भनाइ थियो ।

‘स्वतन्त्र प्रेसको नियन्त्रण लोकतन्त्रको मुख्य मूल्य पद्दतीमा पर्दैन त्यसैले नियन्त्रण होइन, नियम हो’ उनले भने,‘यो स्ववनियमन र कानूनी नियम हो । स्वनियमनको अवस्था नआउनेजेललाई नियमनको व्यवस्थालाई व्यवस्थित बनाइएको मात्र हो ।’

यसअघि सांसदहरु ठगेन्द्र प्रसाद पुरी, बद्री प्रसाद पाण्डे, कालिबहादुर मल्ला लगायतले स्वतन्त्र प्रेसमाथि अंकुस लागनउ नहुने र पछिल्ला दिनहरुमा देखिएको अराजकताको भने व्यवस्थापन गर्ने गरि कानून बन्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  १२ : ४६ बजे

‘१०० दिनमै सरकार उम्लियो, पाँच वर्षसम्ममा पोखिन्छ’

काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले

‘सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता’

काठमाडौं– नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा सिँचाइ

विश्वकपमा गुलाबीको बुटको फेसन

काठमाडौं – जारी फिफा विश्वकप एउटा नयाँ ट्रेन्डले चर्चा पाएको

कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताखोरबाट खोजी सुरु

दैलेख- सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली राजमार्गको दैलेखस्थित चामुण्डा बिन्द्रासैनी