लक्ष्य सँधै एउटै हो, खेल जित्दै उपाधि उचाल्ने – रोनाल्डो « Khabarhub

लक्ष्य सँधै एउटै हो, खेल जित्दै उपाधि उचाल्ने – रोनाल्डो


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहीबार राति यूइएफए च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक भएको छ । ३२ टिमलाई युइएफएले ८ समूहमा विभाजन गर्दा इटालीयन जाइन्ट युभेन्ट्स समूह डि मा छ । समूह डि मा युभेन्ट्ससँगै एट्लेटिको मड्रिड, लेभारकुसेन र लोकोमोटिभ मोस्काभ छन् ।

यो सिजनमा युभेन्ट्सले च्यानम्पियन्स लिगमा राम्रो गर्ने दाबी गर्दै आएको छ । अघिल्लो सिजनमा स्पेनबाट इटाली पुगेका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा समूह निकै टर्फ बताएका छन् ।

उनले विपक्षी टोली एट्लेटिको बलियो रहेको बताउँदै समूह चरणमा राम्रो गर्नु पर्ने बताएका छन् ।

यद्यपी आफ्नो हरके बर्ष एक मात्रै लक्ष्य हुने बताएका रोनाल्डोले यो सिजनमा पनि राम्रो गर्ने बताएका छन् । ‘समूह चरणमा केही गाह्रो हुन्छ । तर, त्यसका लागि हामी तयार छौं । हाम्रो समूहमा एट्लेटिको छ ।

उनीहरुसँग राम्रो टिम छ । राम्रो प्रशिक्षक छन् । त्यो निकै टफ हुन सक्छ । तर, हेर्दै जाउँ के हुन्छ,’ रोनाल्डोले भने,‘मेरो लक्ष्य हरेक बर्ष एउटै रहन्छ । त्यो हो, जतिसक्दो धेरै खेल जित्दै ट्रफी जित्ने ।’

बिहीबार युइएफएले बर्ष खेलाडीका रुपमा लिभरपुलका स्टार डिफेन्डर भिर्गिल भान डायकलाई घोषित गरेको थियो । बर्ष खेलाडीको मनोनयनमा स्टार खेलाडी रोनाल्डोको समेत नाम थियो ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  १ : ४४ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद