करको दरलाई घटाउन सरकारसँग चेम्बरका अध्यक्ष श्रेष्ठको आग्रह « Khabarhub

करको दरलाई घटाउन सरकारसँग चेम्बरका अध्यक्ष श्रेष्ठको आग्रह


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले उच्च करका दरले उद्योग व्यवसाय फष्टाउन नसक्ने भन्दै करको दरलाई घटाउनु पर्ने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा आज आयोजना गरेको नेपालको अर्थतन्त्रका विद्यमान अवसर तथा चूनौती कार्यक्रममा चेम्बरका अध्यक्ष श्रेष्ठले उच्च करका दरले उद्योग व्यवसाय फष्टाउन सक्दैन र उपभोक्ता मूल्य वढ्न जाने भएकोले लगानी वृद्धि हुन नसक्ने बताउँदै लगानीको दायरालाइ बिस्तृत गर्दै राजश्व वढाउन करको दरलाइ न्युन गर्दै लैजानु पर्नेमा जोड दिए । उनले आयातलाई घटाउने नभई त्यसलाई आन्तरिक उत्पादनले विस्थापन गर्ने तथा निर्यातलाई बढाउन दिने योजना सरकारले ल्याउनु पर्ने बताए ।

अध्यक्ष श्रेष्ठले होटल उद्योग, ट्राभल एजेन्सी तथा टुरिजम भेहिकलको लागि डिजेल ग्यास अति आवश्यक वस्तु भएको तर आर्थिक ऐन २०७६ ले ईन्धनमा कर कट्टी गर्न नपाइने व्यवस्था गरेको हुनाले मुल्य अभिवृद्धि करको सिद्वान्त विपरित रहेको बताए । उनले पर्यटन प्रवद्र्धनका निमित्त ट्राभल एजेन्सी र होटलका लागि आयात गरिएका वस र गाडीहरु र यी व्यवसायमा उपयोग हुने अन्य सरसामानहरुको आयातमा कर महशुल दरमा सहुलियत दिइनु पर्ने कुरामा जोड दिए ।

अध्यक्ष श्रेष्ठले राजश्व चुहावट नियन्त्रण गर्न कठोर ऐन प्रस्ताबित भएकोले आर्थिक अपराधमा आर्थिक जरिवाना मात्र हुनुपर्नेमा भूलवश हुन गएको अपराधमा समेत कैद सजायको व्यवस्थाले नेपालमा उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण समाप्त गर्ने नै हो भन्ने निजी क्षेत्रको निक्र्यौल रहेको बताए । उनले बिद्यमान ऐनको व्यवस्थाले आगामी दिनमा सुराकी प्रणालीलाई नै व्यवसायको रुपमा बिकाश हुने उल्लेख गर्दै उद्यमी व्यवसायीहरुलाई थुनामा राख्ने प्रावधाननै खारेज गरिनु पर्ने निजी क्षेत्रको स्पष्ट धारणा रहेको जानकारी दिए ।

सो कार्यक्रममा चेम्बरका पदाधिकारी, चेम्बरका सदस्य, नेपाल महिला चेम्बर, नेपाल युथ चेम्बर, तैयारी पोशाक उद्योग, संघ, जिल्ला/ नगर चेम्बर अफ कमर्स, एक्सपोर्ट काउन्सिल अफ नेपाल, अटोमोबाइल्स एशोसिएसन, यातायात व्यवशायी, साना तथा घरेलु उद्योग महासंघ लगायत अन्य सम्बन्धित÷उद्यमी व्यवसायीहरुको प्रभावकारी सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ५ : ५७ बजे

बाढीप्रभावित क्षेत्रमा डीएनए नमूना संकलन केन्द्र

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा – गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज