सरकारमा बसेकाहरुबाटै मुलुक खतरामाः कोइराला | Khabarhub Khabarhub

सरकारमा बसेकाहरुबाटै मुलुक खतरामाः कोइराला


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारमा बसेकाहरुबाटै मुलुक खतरामा रहेकाे बताएका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले सरकारले सर्वदलीय बैठक बोलाएर गणतन्त्र, संघीयता,धर्म निरपेक्षता र समावेशितामाथि पूर्व राजा र बिप्लव समुहबाट खतरा रहेकाे तर्क गरे पनि सरकारबाटै मुलुक खतरामा रहेकाे संकेत गरे।

उनले न्यायालयमाथि जनताको विश्वास घटेको बताउँदै सडकबाटै न्याए माग्न अवस्था आउनुमा सरकार नै जिम्मेवार रहेको बताए । उनले भने, ‘यो लोकतन्त्रको लागि अत्यन्तै खतराको संकेत हो।’

उनले पार्टीको १४ औँ महाधिवेशनमा हिन्दू राष्ट्रको विषय चर्को रूपले उठ्ने बताए । उनले हिन्दू राष्ट्रको विषयलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा ध्यान जान जरुरी रहेको बताए । धर्मका सवालमा हामी संवेदनशील हुन जरुरी रहेको बताउँदै नेता कोइरालाले प्रश्न गरे, ‘राष्ट्रिय जनावर गाई काट्न पाइदैन भन्नु गलत हो ? होली वाईनको विरोध गर्ने तर संविधानमा लेखिएको प्रलोभनमा धर्म परिवर्तन गर्न पाइदैन भन्नु गलत हो ?’

आफूले जुन विषयमा नोट अफ डिसेन्ट लेखेको हो त्यो आफ्नो मुद्दा भएको बताउँदै कोइरालाले त्यसलाई महाधिवेशनसम्म लैजाने बताए । ‘यो विचारको लडाईं हो’, उनले भने ।

सरकारको विषयमा टिप्पणी गर्दै कोइरालाले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशितामाथि पूर्व राजा र विप्लव समूहबाट भन्दा पनि सरकारमा बसेकाहरूबाटै खतरा भएको बताए । न्यायालयमाथि जनताको विश्वास घटेको छ । सडकबाटै न्याय माग्न थालिएको छ । लोकतन्त्रको लागि यो अत्यन्तै खतराको संकेत हो’, उनले भने ।

उनले देशको अर्थतन्त्र ओरालो लागिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले झुटमाथि झुटको खेती गरिरहेको आरोप लगाए । ‘प्रधानमन्त्रीज्यूले आर्थिक वृद्धिदर ७.५ प्रतिशत छ भन्नुभएको छ, तर वास्तविकता ६.५ प्रतिशत मात्रै छ’, उनले भने ।

बैठकमा केन्द्रीय सदस्यहरुले सरकारले राज्यका सबै अंगमा पार्टीकरण गर्दा पनि मुकदर्शक बनेको भन्दै शीर्ष नेतृत्वको आलोचना गरेका थिए । उनीहरुले सरकार संस्थागतरुपमै भ्रष्टाचारमा लागेको, राज्यका अंगहरुमा पार्टीकरण गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ११ : १५ बजे

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई गतिशील बनाइने छ : मुख्यमन्त्री शाह

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारसँगको संवाद र

स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली कार्यान्वयनमा

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय शासन कार्यसम्पादन

‘मिशन ८४’ सफल पार्न उपाध्यक्ष परियारको नेतृत्वमा विवेकशील साझाद्वारा संवाद समिति गठन

काठमाडौं– विवेकशील साझा पार्टीले आगामी निर्वाचनलाई लक्षित गरेर ‘राजनीतिक संवाद

सौगात, सुहान र प्रकाशले सुरु गरे ‘परालको आगो’को वर्कसप

काठमाडौं – फिल्म ‘परालको आगो’ वर्कसपको चरणमा प्रवेश गरेको छ

पानी प्रशोधन केन्द्रको काम छिटो सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन 

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले टुकुचामा निर्माणाधीन पानी