बेँसीशहर बजार सडक बत्तीले झिलिमिली « Khabarhub

बेँसीशहर बजार सडक बत्तीले झिलिमिली


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– पर्यटकीय जिल्ला लमजुङको सुन्दर नगरी एवं अन्नपूर्ण पदमार्गको प्रवेशद्वार बेँसीशहर बजारलाई उज्यालोको माध्यमबाट सुरक्षित बजार बनाउनका लागि सडक बत्ती जडान गरी झिलिमिली बनाइएको छ ।

बेँसीशहर नगरपालिकाले बजार सुरक्षित राख्नका लागि बजारका विभिन्न स्थानमा २५३ वटा बिजुली बत्तीको व्यवस्था भएसँगै बेँसीशहर बजार उज्यालो भएको हो ।

आइतबार बेँसीशहर भीमसेनस्थान चोकमा एक कार्यक्रममा बीच नगरप्रमुख गुमानसिंह अर्यालले उद्घाटन गरी सडक बत्ती सञ्चालनमा आएको छ । उनले पर्यटकीय बजारमा चोरीका घटना बढ्दै गएकाले विशेष गरी राति हिँड्डुल गर्नलाई असुरक्षित हुने गरेकाले नगरवासी र पर्यटकलाई मध्यनजर गरेर सडक बत्ती जडान गरी सञ्चालनमा ल्याएको बताए ।

अहिले जडान गरी सञ्चालनमा आएका बत्तीले सबै ठाउँमा नपुगेको र अपुग बत्ती यस आर्थिक वर्षको बजेटबाट खरीद गरी थप जडान गर्ने तयारीमा रहेको नगर प्रमुख अर्यालले बताउनुभयो ।

वडा नम्बर ८ का वडाध्यक्ष पवित्र थापामगरले बजारलाई थप सुरक्षित र उज्यालो बनाउनका लागि सडक बत्तीले ठूलो सहयोग पुगेको बताए । आव २०७४/७५ बजेटबाट रु ५० लाखमा उक्त सङ्ख्यामा सडक बत्ती जडान गरी सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।

बजारको शेरा, ठाडोलाइन, नारायस्थान, भीमसेस्थान, त्रिवेणीटोल, क्याम्पस रोडलगायतका स्थान सडक बत्तीबाट उज्यालो भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ७ : ५० बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि