बोलीको ठेगान नभएका दीपकराज गिरी ! « Khabarhub

बोलीको ठेगान नभएका दीपकराज गिरी !


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेता दीपकराज गिरी आफ्नो फिल्म रिलिजका बेलामा मात्र होइन, अरु बेलामा पनि बोल्ने गर्छन् । उनले सामाजिक सञ्जालमा दैनिकजसो कुनै न कुनै विषयमा विचार राखिरहेका हुन्छन् । देशको राजनीतिक विषयदेखि संगीत क्षेत्रमा भएका विकृतिमा पनि उनले राय सुझाव दिएका हुन्छन् ।

अरुलाई राय तथा सुझाव दिने दीपकराज गिरीले आफ्ना लागि भने त्यो राय सुझाव लागू नहुने खालको धारणा व्यक्त गरेका छन् ।

केही समयअघि बजारमा आएको गीत ‘घाँटीभन्दा तल’ मा राखिएका केही शब्दका कारण विवादमा आएपछि गिरीले यस्ता गीत पनि आउन थाले, कुन दिन ‘नाइटोभन्दा तल’ गीत आउने हुन् भन्दै असहमति जनाएका थिए । त्यतिखेर राखेको विचारले वाहवाही पनि पाएका थिए ।

अहिले भने उनले आफ्नै फिल्मको प्रचारात्मक गीतमा ‘ब्याउने’ शब्द प्रयोग गरेका छन् । दुर्गेश थापाले गाएको ‘बिच बिचमा’ बोलको गीतमा दीपाश्री निरौला ब्याउने कुरो छ भनिएको छ । ब्याउने भन्नाले कुनै पनि महिला या पशुले बच्चा जन्माउने पक्रिया भन्ने बुझिन्छ ।

उक्त गीत सार्वजनिक भएपछि त्यही कुरालाई लिएर गिरीको व्यापक विरोध भएको छ । यता गिरीले भने ‘ब्या हुने’ भन्न खोजिएको बताएका छन् । तर, गीत जतिपटक सुन्दा पनि ब्या हुने भनेको सुनिँदैन ।

आफूले राख्दा डबल मिनिङ दिने शब्द राख्दा सामान्य हुने, अरुले राख्दा समाज बिग्रने गिरीको अचम्मको सोच छ ।

त्यसो त यसपालिको दशैँमा आफ्नो चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शन हुन नपाएपछि गिरीले सामाजिक सञ्जालमार्फत आफूले शीर नझुकाउने अभिव्यक्ति दिएका थिए । एक सार्वजनिक कार्यक्रममा त उनले यो क्षेत्रमा पनि गोविन्द केसीको आवश्यकता परेको भन्दै आवाज समेत उठाएका थिए ।

जबकि, उनको टिमले पहिलेदेखि नै दशैँमा फिल्म रिलिज गर्दै आएको थियो । यसको एकमात्र कारण थियो, पैसा कमाउने ।

माहोल आफ्नो पोल्टामा पर्दा ठीक र अरुको पोल्टामा पर्दा त्यही प्रवृत्ति बेठीक लाग्ने गिरीको प्रवृत्ति चाहिँ के ठीक हो त? दर्शकले प्रश्न राख्न थालेका छन्, ‘दीपकराज गिरी ज्यू, अरुले भन्दा बेठीक आफूले भन्दा चाहिँ सबै ठीक हुने हो र?’

स्मरण रहोस्, दीपकराज गिरीले चलचित्र ‘छक्का पञ्जा ३’ को प्रचारका बेला अब आफूहरू दशैँमा नआउने, आफ्ना फिल्म चलाउन दशैँ नचाहिने भन्दै अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  १२ : २३ बजे

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ६० हजार राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार ६६ सवारीचालकलाई सवारी नियम

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही