बोलीको ठेगान नभएका दीपकराज गिरी ! | Khabarhub Khabarhub

बोलीको ठेगान नभएका दीपकराज गिरी !


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेता दीपकराज गिरी आफ्नो फिल्म रिलिजका बेलामा मात्र होइन, अरु बेलामा पनि बोल्ने गर्छन् । उनले सामाजिक सञ्जालमा दैनिकजसो कुनै न कुनै विषयमा विचार राखिरहेका हुन्छन् । देशको राजनीतिक विषयदेखि संगीत क्षेत्रमा भएका विकृतिमा पनि उनले राय सुझाव दिएका हुन्छन् ।

अरुलाई राय तथा सुझाव दिने दीपकराज गिरीले आफ्ना लागि भने त्यो राय सुझाव लागू नहुने खालको धारणा व्यक्त गरेका छन् ।

केही समयअघि बजारमा आएको गीत ‘घाँटीभन्दा तल’ मा राखिएका केही शब्दका कारण विवादमा आएपछि गिरीले यस्ता गीत पनि आउन थाले, कुन दिन ‘नाइटोभन्दा तल’ गीत आउने हुन् भन्दै असहमति जनाएका थिए । त्यतिखेर राखेको विचारले वाहवाही पनि पाएका थिए ।

अहिले भने उनले आफ्नै फिल्मको प्रचारात्मक गीतमा ‘ब्याउने’ शब्द प्रयोग गरेका छन् । दुर्गेश थापाले गाएको ‘बिच बिचमा’ बोलको गीतमा दीपाश्री निरौला ब्याउने कुरो छ भनिएको छ । ब्याउने भन्नाले कुनै पनि महिला या पशुले बच्चा जन्माउने पक्रिया भन्ने बुझिन्छ ।

उक्त गीत सार्वजनिक भएपछि त्यही कुरालाई लिएर गिरीको व्यापक विरोध भएको छ । यता गिरीले भने ‘ब्या हुने’ भन्न खोजिएको बताएका छन् । तर, गीत जतिपटक सुन्दा पनि ब्या हुने भनेको सुनिँदैन ।

आफूले राख्दा डबल मिनिङ दिने शब्द राख्दा सामान्य हुने, अरुले राख्दा समाज बिग्रने गिरीको अचम्मको सोच छ ।

त्यसो त यसपालिको दशैँमा आफ्नो चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शन हुन नपाएपछि गिरीले सामाजिक सञ्जालमार्फत आफूले शीर नझुकाउने अभिव्यक्ति दिएका थिए । एक सार्वजनिक कार्यक्रममा त उनले यो क्षेत्रमा पनि गोविन्द केसीको आवश्यकता परेको भन्दै आवाज समेत उठाएका थिए ।

जबकि, उनको टिमले पहिलेदेखि नै दशैँमा फिल्म रिलिज गर्दै आएको थियो । यसको एकमात्र कारण थियो, पैसा कमाउने ।

माहोल आफ्नो पोल्टामा पर्दा ठीक र अरुको पोल्टामा पर्दा त्यही प्रवृत्ति बेठीक लाग्ने गिरीको प्रवृत्ति चाहिँ के ठीक हो त? दर्शकले प्रश्न राख्न थालेका छन्, ‘दीपकराज गिरी ज्यू, अरुले भन्दा बेठीक आफूले भन्दा चाहिँ सबै ठीक हुने हो र?’

स्मरण रहोस्, दीपकराज गिरीले चलचित्र ‘छक्का पञ्जा ३’ को प्रचारका बेला अब आफूहरू दशैँमा नआउने, आफ्ना फिल्म चलाउन दशैँ नचाहिने भन्दै अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  १२ : २३ बजे

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै

उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर

परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्छ : माधव नेपाल

मनहरी– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

बझाङमा आजै मतगणना नगरिने

काठमाडौं– बझाङ प्रदेश सभा क्षेत्र नं. १ को मतगणना आज