व्यापार सन्धिका प्रावधानहरु पुनरावलोकन गर्न नेपालका तर्फबाट संशोधन प्रस्ताव « Khabarhub

व्यापार सन्धिका प्रावधानहरु पुनरावलोकन गर्न नेपालका तर्फबाट संशोधन प्रस्ताव


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले एक्रेलिक यार्न, तामाको तार, वनस्पति घीउ र जिङ्क अक्साइडमा भारतले लगाउँदै आएको कोटा हटाउन प्रस्ताव गरेको छ ।

नेपाल–भारत व्यापार सन्धिको विस्तृत पुनरावलोकनसम्बन्धी वाणिज्य सहसचिवस्तरीय तेस्रो चरणको बैठकमा नेपालका तर्फबाट प्राथमिक वस्तुमा पारस्परिकताका आधारमा शून्य भन्सार सुविधाको पुनरावलोकन गर्न पनि प्रस्ताव गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतसँग बढ्दै गएको व्यापारघाटा न्यूनीकरण, भारतीय बजारमा नेपाली उत्पादनको सहज पहुँच, गैरभन्सार अवरोध हटाउने र व्यापार नाकाका पूर्वाधार सुधार लगायतका विषयमा नेपालका तर्फबाट संशोधन प्रस्ताव राखिएको हो ।

यही असोज ९ र १० गते भारतको नयाँ दिल्लीमा भएको उक्त बैठकमा नेपालका तर्फबाट निकासी हुने वस्तुको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने प्रावधानमा सरल गर्ने लगायतका विषयमा पनि छलफल भएको थियो ।

द्विपक्षीय व्यापारलाई सहज र अवरोधरहित बनाउन एक–अर्को मुलुकका प्रयोगशालाबाट जारी गरिएका प्रमाणपत्रलाई मान्यता दिने तथा तरकारी, फलफूल र जडीबुटीको निकासीलाई सहज गराउने विषयमा पनि दुवै देशका अधिकारीबीच गहन र विस्तृतरुपमा छलफल भएको बताइएको छ ।

पारवहन सन्धिमा थप नाकाबाट ‘बल्क’ कार्गो दुवानी गर्न पाउने प्रावधानसहितको एकीकृत ‘लेटर अफ एक्सचेन्ज’ र जल यातायातको माध्यमबाट नेपालले पारवहन सुविधा उपयोग गर्नेसम्बन्धी पारवहन सन्धिलाई संशोधन गर्ने प्रस्तावित ‘लेटर अफ एक्चेन्ज’को मस्यौदालाई बैठकले अन्तिम रूप दिएको छ ।

जलमार्ग उपयोगसम्बन्धी प्रावधान नेपाल–भारत पारवाहन सन्धिमा समावेशपश्चात नेपालले कोलकाता/हल्दियाबाट गङ्गा नदीमा निर्मित भारतको आन्तरिक जलमार्ग प्रयोग गरी नेपाली ध्वजावाहक पानीजहाजसमेत सञ्चालन गर्ने तथा भारतको शाहिबगञ्ज, कालुघाट र बनारसमा रहेका आन्तरिक जल यातायातका टर्मिनल प्रयोग गरी बहुप्राविधिक ढुवानीमार्फत नेपाली सामान ढुवानी गर्नसक्ने सुविधा हुने छ ।

नेपाल–भारत विद्यमान व्यापार सन्धि र सोको प्रोटोकलमा भएका विभिन्न प्रावधानमा पुनरावलोकन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त बैठकमा नेपालका तर्फबाट सहसचिव नवराज ढकाल र भारतका तर्फबाट वाणिज्य तथा उद्योग मन्त्रालयका अतिरिक्त सचिव भूपिन्दर एस भल्लाले नेतृत्व गरेका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  १ : २४ बजे

मोदीलाई ट्रम्पको फोन, के भयो कुराकानी ?

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई

प्रधानमन्त्रीले भोलि सबै समानुपातिक सांसदसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीको तर्फबाट संघीय संसदमा

सशस्त्रका असई शेर्पाले गरिन् लोबुचे हिमालको आरोहण

काठमाडौँ – सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पाले नयाँ

कैलाली दुर्घटनामा दुई जनाको मृत्यु

धनगढी – कैलालीको लम्कीमा विंगर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको

किराँतीको प्रश्न : पूर्व–पश्चिम राजमार्गको नाम महेन्द्र राजमार्ग राखेर के सन्देश दिन खोजेको हो ?

काठमाडौँ – नेता सुदन किराँतीले नेताले केके गर्नुपर्छ थाहा पाएर