प्रेस स्वतन्त्रताको रक्षामा कांग्रेसले कुनै सम्झौता गर्दैन : सभापति देउवा « Khabarhub

प्रेस स्वतन्त्रताको रक्षामा कांग्रेसले कुनै सम्झौता गर्दैन : सभापति देउवा


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् ।

नेपाल राष्ट्रिय मगर सङ्घ प्रदेश – ३ समितिले सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले लोकतन्त्रको मेरुदण्ड नै प्रेस स्वतन्त्रता भएकाले यसको रक्षा र संरक्षणमा आफ्नो पार्टीले कुनै सम्झौता नगर्ने उल्लेख गरे ।

सो अवसरमा सभापति देउवाले रेडियो नेपालको दिपायल कार्यालयमा कामबाट हटाईएका तीन जना पत्रकारलाई तत्काल पुनःबहाली गर्न मागसमेत गरे । फरक प्रसङ्गमा उनले नेपालका आदिवासी–जनजातिमध्ये मगर समुदायको जनसङ्ख्या सबैभन्दा बढी भएकाले सोही अनुसार कांग्रेसले प्राथमिकतामा राखेको बताए ।

कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले सत्तापक्ष दलकै निर्देशनमा आफ्नो पार्टीमाथि एकपछि अर्को आक्रमणका घट्ना भएको आरोप लगाउँदै घटनाका अपराधीलाई कारवाही नगरे कांग्रेस चुप लागेर नबस्ने बताए । उनले संविधानले अङ्गिकार गरेका बहुलवाद, बहुदलीय लोकतन्त्रलगायतका मूलभूत व्यवस्थामाथि सरकारबाटै खतरा देखिएको आरोप लगाए ।

महामन्त्री डा शशाङ्क कोइरालाले ठूलो सङ्घर्षले ल्याएको संविधानको वर्तमान सरकारले प्रभावकारी कार्यान्वयन गर्न नसकेको आरोप लगाउँदै संविधानअनुसार प्रदेश र स्थानीय तहलाई बजेट नदिएको जिकिर गरे । साथै उनले कांग्रेस नेतत्वको सरकारले विगतमा शिक्षा, स्वास्थ्य, सञ्चार, पूर्वाधार विकास, यातायात, पर्यटनलगायत क्षेत्रमा महत्वपूर्ण काम गरेको दाबी गर्दै आगामी दिनमा कृषिको व्यवसायिकरणमा लाग्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरी, पूर्व राज्यमन्त्री उदयशम्शेर राणा, सिन्धुलीका पार्टी सभापति उज्वल बराल, मगर सङ्घका केन्दीय अध्यक्ष ओम थापा मगर, नेता मोहनप्रसाद बराललगायतले लोकतन्त्रको रक्षाका लागि कांग्रेस सुदृढिकरण र एक ढिक्का हुनुपर्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ५ : ३५ बजे

बालेन्द्र क्याबिनेट : स्वर्णिमलाई दोस्रो, सुधनलाई तेस्रो वरीयता

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।

भिक्टरले चलाए सुधन गुरुङ गृहमन्त्रीको लागि लायक छन् भन्ने पोल

काठमाडौं– रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलले सुधन गुरुङ

मेयर छोडेको दुई महिनामै प्रधानमन्त्री बने बालेन्द्र (तस्बिरहरू)

काठमाडौं- २०७९ वैशाखको चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वािचत बालेन्द्र शाह