नवरात्रभर यी रंगका वस्त्र धारण गरे हुनेछ फलिफाप « Khabarhub

नवरात्रभर यी रंगका वस्त्र धारण गरे हुनेछ फलिफाप


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

प्रथमं शैलपुत्री च द्वितीयम् ब्रह्मचारिणी ।
तृतीयं चन्द्रघण्टेति कुष्मांडेति चतुर्थकं ।।
पंचमं स्कंदमातेति, षष्टम कात्यायनीति च ।
सप्तमं कालरात्रीति, महागौरीति अष्टमं ।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रकीर्तिताः ।।

दशैंको नवरात्रिको अवसरमा दुर्गा भगवतीका यी नौ वटा रुप उच्चारण गरी हरेक दिन एक रुपको विधिवत् विशेष पुजा उपासना गरिन्छ ।

दुर्गाका हरेक रुपको पूजा उपासनाका क्रममा देवीलाई प्रसन्न पारे मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । नवरात्रिको अवधिभर दुर्गाका नौ रुपको उपासना गर्दा हरेक तिथिमा भगवती प्रसन्न हुने रंगको वस्त्र धारण गरी उपासना गरे देवीबाट शुभ आर्शिबाद मिल्ने विश्वास गरिन्छ ।

यस पटकको शरदीय नवरात्रिमा दुर्गाको कुन रुपको कुन रंगको बस्त्र पहिरिएर उपासना गर्नाले भगवति प्रसन्न हुन्छिन् ।

पहिलो दिन पहेलो रंग

नवरात्रिको पहिलो दिन पर्वतराज हिमालयकी पुत्री माता शैलपुत्रीको पूजा गरिन्छ । यस दिन पहेलो रंगको वस्त्र धारण गरी पूजा गरेमा देवीको विशेष कृपा रहने छ ।

दोश्रो दिन हरीयो रंग

नवरात्रिको दोश्रो दिन देवी ब्रह्मचारिणीको उपासना गरिन्छ । यस दिन देवीको उपासनाका क्रममा हरीयो रंगको वस्त्र पहिरिएमा बिशेष लाभ मिल्नेछ ।

तेश्रो दिन खैरो रंग

नवरात्रिको तेश्रो दिन दुर्गा भगवतीको चन्द्रघण्टा रुपको उपासना गरिन्छ । यस दिन खैरो रंगको वस्त्र पहिरिएर देवीको उपासना गरे धनलाभको योग बन्नेछ ।

चौथो दिन सुन्तला रंग

नवरात्रिको चौथो दिन माता कुष्मान्डाको उपासना गरिन्छ । यस दिन सुन्तला रंगको वस्त्र पहिरिएर देवीको उपासना गरेमा मनोबाञ्छित लाभ मिल्नेछ ।

पाँचौ दिन सेतो रंग

नवरात्रिको पाँचौं दिन स्कन्दमाताको उपासना गरिन्छ । यस दिन सेतो रंगको वस्त्र पहिरिएर स्कन्दमाताको उपासना गरे मनोकामना पूर्ण हुनेछ ।

छेटौं दिन रातो रंग

नवरात्रिको छैटौं दिन दुर्गा भगवतीको कात्यायनी रुपको उपासना गरिन्छ । यस दिन रातो रंगको वस्त्र पहिरिएर उपासना गर्नाले माता कात्यायनीको आर्शिवाद मिल्नेछ ।

सातौं दिन नीलो रंग

नवरात्रिको सातौं दिन अर्थात सप्तमीमा माता कालरात्रिको उपासना गरिन्छ । यस दिन नीलो रंग धारण गरेर कालरात्रिको उपासना गरेमा माता प्रसन्न हुनेछिन् ।

आठौं दिन गुलाबी रंग

अष्टमीको दिन महागौरीको उपासना गरिन्छ । महागौरीको उपसनाका क्रममा गुलाबी रंगको वस्त्र धारण गरेमा तत्काल शुभ फल मिल्ने योग हुन्छ ।

नवौं दिन बैजनी रंग

नवरात्रिको नवौं दिन माता सिद्धिदात्रीको उपासना गरिन्छ । यस दिन बैजनी रंगको धारण गरी माता सिद्धिदात्रीको उपासना गरे पारिवारिक सुखमा वृद्धि हुनेछ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ७ : ३२ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये