क्यानमाथि लागेको प्रतिबन्ध छिट्टै फुकुवा हुन्छ : अध्यक्ष चन्द « Khabarhub

क्यानमाथि लागेको प्रतिबन्ध छिट्टै फुकुवा हुन्छ : अध्यक्ष चन्द


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले क्यानमाथि लगाएको प्रतिबन्ध छिट्टै फुकुवा गर्ने विश्वास व्यक्त गरेका छन् ।

आइसिसीकै सल्लाह र निर्देशनानुसार काम भइरहेको बताउँदै अध्यक्ष चन्दले आइसिसीको अक्टोबरमा बस्ने बैठकले क्यानमाथिको प्रतिबन्ध छिट्टै हट्नसक्ने सोमबार आयोजित एक कार्यक्रममा बताए ।

क्रिकेट विकासका लागि गृहकार्य थालिएको भन्दै अध्यक्ष चन्दले भने, “निलम्बन फुकुवाको लागि हामीले पत्राचार गरिरहनुपर्दैन्, नेपाली क्रिकेटको निकासलाई आइसिसीले दिएको रोडम्याप अनुसार नै हामीले काम पूरा गरेका छौं । आइसिसीकै निगरानीमा निर्वाचन भएकाले निलम्बन चाँडै फुकुवा हुने विश्वास छ ।”

अध्यक्ष चन्दले आगामी दिनमा क्रिकेट क्षेत्रको विकास र विस्तारको लागि योजनाबद्ध ढङ्गले अघि बढ्ने उल्लेख गर्दै चाँडोभन्दा चाँडो खेल मैदान निर्माण गर्नको लागि सरकार, राष्ट्रिय खेलकूद परिषद (राखेप), प्रदेश सरकार र स्थानीय सरकारसँग अनुरोध गर्ने बताए ।

उनले राम्रो खेल मैदान भएपछि राम्रो क्रिकेट प्रतियोगिता हुने र राम्रो प्रतियोगिता भएपछि खेलाडीले पनि राम्रो र उत्कृष्ट प्रदर्शन गर्ने बताउँदै सरकारसँग खेलमैदानको लागि सहकार्य गरेर अघि बढ्ने उल्लेख गरे ।

क्यानको सिईओ पनि प्रतिस्पर्धाको आधारमा नियुक्त गर्ने अध्यक्ष चन्दको भनाइ छ । “आइसिसीले हामीसँग आर्थिक पारदर्शीता, चुस्त प्रशासन सञ्चालनका लागि सिइओ राख्नुपर्ने शर्त राखेको छ । हामी आइसिसीको शर्तमा रहेर काम गर्छौं”, उनले भने ।

अध्यक्ष चन्दले यही वर्ष देशकै ठूलो नेपाल प्रिमियर लिग (एनपिएल) समेत आयोजना गर्ने जानकारी दिए ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  १० : ०२ बजे

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई

म्याग्दीको घुमाउने ताल–मौवाफाँट सडक कालोपत्र

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउने ताल–मौवाफाँट सडक

ओखलढुंगाको चार्खुमा आगलागी हुँदा दुई घर जलेर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा– ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट)