नेपाल भ्रमण वर्षको तयारीमा जुट्यो कर्णाली प्रदेश « Khabarhub

नेपाल भ्रमण वर्षको तयारीमा जुट्यो कर्णाली प्रदेश


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- ‘नेपाल भ्रमण वर्ष २०२०’ शुभारम्भ कार्यक्रम तयारीका लागि कर्णाली प्रदेश सरकारले छलफल शुरु गरेको छ ।

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको अध्यक्षतमा सोमबार बसेको बैठकले ‘नेपाल भ्रमण वर्ष २०२०’ शुभारम्भ कार्यक्रम तयारीको छलफल शुरु गरेको हो । भ्रमण वर्षलाई सफल र सुखद बनाउन प्रदेशको नीतिगत सुधार, पाहुनालाई दिन सकिने सेवा तथा छुट सुविधा, संरचना निर्माण र २०२० जनवरी १ नेपाल भ्रमण वर्षको शुभारम्भ दिनका बारेमा छलफल भएको जनाइएको छ ।

छलफलमा मन्त्री बुढाले भ्रमण वर्षलाई सफल बनाउन कर्णाली तथा भेरी करिडोरको पुलको निर्माण सम्पन्न गर्न, पहाडी जिल्लाका लागि हेलिकोप्टर तथा नेपाल एयरलायन्सलाई कर्णाली केन्द्रित गर्न, कर्णालीका २१ मध्ये चार हिमाल मात्र आरोहणको अनुमति पाएकाले साहसिक पर्यटकका निम्ति थप हिमालको आरोहणको अनुमति दिन सङ्घीय सरकारसँग अनुरोध गर्ने निर्णय भएको बताए ।

“नेपाल भ्रमण वर्षमा हामीले एक लाख पर्यटक भित्र्याउछौँ”, उनले भने, “अहिले नै धेरै सङ्ख्यामा पर्यटक भित्र्याउँछौँ भनेर ठूलो कुरा गर्न आवश्यक छैन ।” कर्णाली तथा भेरी करिडोरका सडकको मर्मतका लागि प्रदेशस्तरले पनि आवश्यक काम थाल्ने, सडक निर्माणका ठूलो आयोजना सम्पन्नका लागि केन्द्रीय सरकारलाई आग्रह गर्ने पनि मन्त्री बुढाले बताए ।

कर्णाली प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारीले भ्रमण वर्ष शुभारम्भको तयारी तथा मनाउनका लागि सबैलाई आह्वान गरिने बताए । प्रमुख सचिव भण्डारीले भने, “हामी यहाँका सबै सरोकारवालासँग छलफल, गोष्ठी, समन्वय र सहकार्य गरेर भ्रमण वर्षको भव्य तयारी गर्छौं । कर्णालीका पर्यटकीय गन्तव्यको महत्व र विशेषताको उजागर गरिने उनले जनाए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यले आज भएका नीतिगत निर्णय पारितका लागि मन्त्रिपरिषद्मा प्रस्तावका लागि लैजाने बताए । मन्त्रालयका पर्यटन शाखाका शाखा अधिकृत अञ्जु चौधरीले राष्ट्रिय पहिचान बोकेका कर्णालीका २० पर्यटकीय क्षेत्रसँगै कर्णाली प्रदेश सरकारले पहिचान गरेका १०१ पर्यटकीय क्षेत्र सम्मिलित प्रतिवेदन प्रस्तुत गरिन् ।

भ्रमण वर्ष सफल पार्नका लागि प्रदेश सरकारले पर्यटनमन्त्रीको अध्यक्षता वा संयोजकत्वमा नयाँ समिति गठन गरेको छ । त्यसैगरी प्रादेशिक पर्यटन प्रवर्धन समितिअन्तर्गत, प्रचारप्रसार विभाग, होटल ट्राभल तथा ट्रेकिङ विभाग, मानवसंशाधन तथा व्यवस्थापन आर्थिक, पर्यटन उत्पादन तथा सांस्कृतिक विभाग र सचिवालय गठन गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  १० : १५ बजे

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण