नगदसहित पोखरामा ७ जुवाडे पक्राउ « Khabarhub

नगदसहित पोखरामा ७ जुवाडे पक्राउ


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा महानगरपालिका–९ बास्तोलाथरमा जुवातासमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीयवासी रत्नमान गौचनको घर भाडामा लिई जनप्रिय थकाली भान्सा घर सञ्चालन गर्दै आएका प्रकाश शेरचनले अवैध जुवातास खेलाएको भन्ने सूचनाका आधारमा प्रहरीले रु ३२ हजार ४ सय ३० रुपैयाँ नगद र ताससहित सात जनालाई पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

त्यस्तै सोमबार पोखरा महानगरपालिका–५ प्रस्याङ्गबाट रु ३९ हजार २०० नगद र ताससहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

स्थानीयवासी रुद्रबहादुर केसीको घरमा जुवातास खेलाइएको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको थियो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ६ : ३१ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य