साउथह्याम्प्टनलाई हराउँदै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा « Khabarhub

साउथह्याम्प्टनलाई हराउँदै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्यानचेस्टर सिटी लिग कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

लिग अन्तर्गत मंगलबार राति भएको खेलमा साउथह्याम्प्टनलाई ३–१ ले पराजित गर्दै म्यानचेस्टर सिटीले क्वार्टरफाइलनको यात्रा पक्का गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा दुई गोल गरेको सिटीले दोस्रो हाफमा थप एक गोल गरे जित पक्का गरेको थियो । सिटीका लागि निकोलास ओटामेन्डीले २० औँ तथा सर्जियो अग्युरोले ३८ औँ मिनेटमा गोल गरेर पहिलो हाफमा २–० को अग्रता दिलाए । यस्तै ५६ औँ मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीको अग्रता ३–० मा पुग्यो ।

साउथह्याम्प्टनका लागि ७५ औँ मिनेटमा ज्याक स्टीफेन्सले एक गोल फर्काए । मंगलबार राति नै भएको खेल मा बुर्टनलाई ३–१ ले पराजित गरेर लेस्टर सिटी तथा क्रावलीलाई ३–१ ले पराजित गरेर कोलचेस्टरले पनि अन्तिम ८ मा स्थान पक्का गरेका छन् ।

म्यानचेस्टर सिटी जारी प्रतियोगिताको साबिक विजेता टोली हो ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ६ : ४० बजे

एमालेको सचिव पदका लागि स्वभाविक म दाबेदार हो : शेरधन

काठमाडौं – नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी

एमालेले महाधिवेशनबाट गल्ती सच्याएर जनतामाझ जानुपर्छ : सुहाङ नेम्बाङ

काठमाडौं- नेकपा एमालेको ११ महाधिवेशन सुरु हुन अब दुई दिन

भारतमा १२ वर्षीय नेपाली बालक मृत भेटिए, मिर्गौला झिकेर हत्या गरेको आशंका

काठमाडौं– अछामको ढकारी गाउँपालिका–२ फाँटाबगर घर भई हाल भारतको पुना

प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौं– जेन-जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण