नेवार समुदायमा आज पनि भाइटीका लगाइँदै, सरकारद्वारा सार्वजनिक बिदा « Khabarhub

नेवार समुदायमा आज पनि भाइटीका लगाइँदै, सरकारद्वारा सार्वजनिक बिदा


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहारको महत्वपूर्ण तथा अन्तिम दिन हिजो भाइटीका मनाइए पनि केही नेवार समुदायले आज भाइटीका मनाउँदै छन् ।

तिथीको घटबढका कारण आज पनि भाइटीका परेको छ । सोही बमोजिम नेवार समुदायले यमपञ्चकको पहिलो दिन देखि नै भोलिपल्टबाट मनाउने गरेका थिए ।

उनीहरुले तिहारको पहिलो दिन काग तिहार मनाएका थिए भने दोस्रो दिन कुकुर तिहार मनाए । यो वर्ष तिथी घटबढका कारण तेस्रो दिन लक्ष्मी पूजा परेपनि उनीहरुले त्यसको भोलिपल्टमात्र लक्ष्मीपूजा गरेका थिए ।

त्यस्तै नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व आत्म पूजा अर्थात् म्हः पूजा पनि दुई दिन मनाएका थिए । भक्तपुर आसपासका नेवार समुदायले पञ्चाङ्ग निर्णाय समितिको निर्णयलाई मान्दै सोही अनुरुप मनाएका थिए भने ललितपुर तथा काठमाडौंका नेवार समुदायले भने नेपाल संवतको पात्रोलाई आधार मानेर त्यसो भोलिपल्ट मात्रै म्हः पूजा गरेका हुन् ।

नेपाल संवतको पात्रोलाई आधार मानेर केही नेवार समुदायले भाइटीका आज लगाउने भएका हुन् । सोही अनुरुप सरकारले आज पनि सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ७ : ०२ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल