किशोरी बलात्कार आरोपी नेकपा निकट विद्यार्थी नेता राई बर्खास्त « Khabarhub

किशोरी बलात्कार आरोपी नेकपा निकट विद्यार्थी नेता राई बर्खास्त


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १८ वर्षीया किशोरी बलात्कार आरोप लागेका विद्यार्थी नेता इन्द्रहाङ राईलाई नेकपा निकट अनेरास्ववियूले बर्खास्त गरेको छ ।

प्रहरी हिरासतमा रहेका नेकपा निकट अनेरास्वयूका नेता तथा आरआर क्याँपसका स्ववियू सहसचिव राईलाई स्ववियूले बर्खास्त गरेको हो ।

स्ववियू सभापति तपेन्द्र शाहीले विज्ञप्ति जारी गर्दै राईलाई बर्खास्त गरिएको जानकारी दिएका हुन् । राईलाई आगामी दिनमा स्ववियूका कुनैपनि कार्यक्रममा सहभागि नगराइनेसमेत विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

किशोरीको बयान र उजुरीका आधारमा राईलाई महानगरीय प्रहरी वृत्त बौद्धले मंगलबार बिहान पक्राउ गरेको थियो । पीडित किशोरीले सोमबार राति प्रहरीलाई सम्पर्क गरी राईले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

राईले काम छ भन्दै बोलाएर आफ्नै साथीको कोठामा लगेर बलात्कार गरेको किशोरीले आरोप लगाएकी छिन् । महानगरीय परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले घटनाबारे अनुसन्धान जारी रहेको बताएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ९ : ०८ बजे

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित