कांग्रेसकै कारण मधेश बदनाम र पछाडि : नेता साह « Khabarhub

कांग्रेसकै कारण मधेश बदनाम र पछाडि : नेता साह


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर– नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष तथा सांसद प्रभु साहले कांग्रेसका कारण मधेश बदनाम भएको र पछाडि रहेको आरोप लगाएका छन् ।

दशै, दिपावली तथा छठ पर्वको अवसरमा रौतहटको बौधीमाई नगरपालिका-८, सरमुजवामा नेकपा नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष साहले लामो समयसम्म मधेशमा शासन गरेको कांग्रेसका लागि मधेस सत्ता प्राप्तिका लागि भोट बैंक मात्र भएको आरोप लगाए ।

अध्यक्ष साहले भने, “हिजो मधेशमा एकल प्रभुत्व कायम गरेको नेपाली कांग्रेस लामो समय देशमा शासन गरे तर मधेशका लागि केही पनि गरेन । जसका कारण विगतमा विकसित तराई-मधेश आज उजाड छ । मानव विकास सूचकांकमा पछाडि छ । उद्योग, व्यापार, कृषिजस्ता सम्भावना नै सम्भावना रहेको तराई मधेश कांग्रेसको भोट बैंक मात्र रहयो ।”

मधेशको नाममा आफू बारम्बार सत्तामा पुगेको कांग्रेसले प्रदेशलाई धारासाही बनाउने काम मात्र नगरेको बरु मधेशी दलका नेतालाई पनि भ्रष्टाचार गर्न सिकाएको अध्यक्ष साहको भनाइ छ ।

उनले भने, “विगत देखि चल्दै आएको मधेशको व्यापार बढ्नुको सट्टा ह्रास हुँदौ गयो र उद्योग धन्दा पनि धरासाही हुने क्रम शुरु भयो तथा कृषिमा खासै प्रगति भएन । हुलाकी सडकजस्ता सडक समेत बनेन । मधेशमा एउटा मात्र भयो त्यो हो कांग्रेसको संगतले मधेशीहरुले भ्रष्टाचार गर्न सिक्यो । जसले गर्दा आज मधेश बदनाम छ ।हामी भन्न हिच्किचाउनुहुँदैन कि कांग्रेसले गर्दा हिजो देशमा ८० प्रतिशत आर्थिक योगदान गर्ने मधेश आज पछाडि छ ।”

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  १२ : ५१ बजे

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित