यौन सम्बन्धपछि किन चाडै निदाउँछन् पुरुष ? यस्ता छन् महिलाले सोच्ने १२ कुरा « Khabarhub

यौन सम्बन्धपछि किन चाडै निदाउँछन् पुरुष ? यस्ता छन् महिलाले सोच्ने १२ कुरा


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- महिला र पुरुषबीच शारीरिक सम्बन्ध भइसकेपछि कतिपय पुरुषहरु तुरुन्तै निदाउँने गर्छन् भने कतिपय महिलाहरुमा त्यसको असर २४ घण्टासम्म देखिने गर्छ ।

शारीरिक सम्बन्ध राख्ने वित्तिकै महिलालाई अंगालो नहाली वा कुराकानी नगरी निदाउँने पुरुषप्रति महिलाहरुको धारणा फरक हुने गर्छ । जस्तो कि स्वार्थी, माया नगर्ने, असन्तोषी जस्ता आरोपहरु लगाउने गर्छन् । तर, के वास्तवमै यौनसम्पर्क राख्नेवित्तिकै निदाउँने पुरुष साँच्चै स्वार्थी हुन्छन् त ? किन पुरुषलाई यौनसम्पर्क राख्नेवित्तिकै निन्द्रा लाग्छ ? सामान्यतयाः रातको समयमा शारीरिक सम्बन्ध राख्ने गरिन्छ ।

रातको समयमा प्रायः मानिसहरु थाकेका हुन्छन् । शारीरिक सम्बन्ध राख्ने वित्तिकै निन्द्रा लाग्नुको पहिलो कारण यहि नै हो । तर, शारीरिक सम्बन्ध प्राकृतिक प्रक्रिया हो । शारीरिक सम्बन्धको बारेमा महिला र पुरुषको शरीरमा भिन्न प्रकारको प्रतिक्रिया उत्पन्न हुन्छ । महिला अग्रानिज्म अझै उत्तेजित हुन्छ र महिलाहरु शारीरिक सम्बन्धपछि झन् बढी पुरुषको मायामा पर्छन् ।

पुरुष अग्रानिज्म भने शारीरिक सम्बन्ध पछि इज्याकुलेट हुन्छ र हर्मोन उत्पादन हुन्छ । जसले शरीरमा आलस्यता पैदा गर्छ साथै शारीरिक सम्बन्धको दौरान शरीर निकै थाक्ने भएकाले पुरुषहरु छिट्टै निदाउँने विभिन्न अनुसन्धानमा उल्लेख छ ।

तर महिलाहरु शारीरिक सम्बन्ध पछि के चाहान्छिन् त – शारीरिक सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । प्रायः महिलाहरू आफ्नो पार्टनरसँग मात्र शारीरिक सम्बन्ध राख्न रुचाउँछन् । शारीरिक सम्बन्धले महिला र पुरुषबीचको सम्बन्धलाई पनि मजबुत बनाउँछ भनिन्छ, तर कतिपयको भने शारीरिक सम्बन्ध पछिको सम्बन्धमा विचलन भएको पनि पाइन्छ । शारीरिक सम्बन्धपछि महिलाहरूले आफ्नो पुरुष साथी र आफूबारे कस्ता कुराहरू सोच्न सक्छन् ?

हेर्नुहोस् शारीरिक सम्बन्धपछि महिलाहरूले सोच्ने १२ कुराहरू –

१. आनन्द र सन्तुष्टीबीच फरक – किंसले इन्स्टिच्यूटले गरेको शोधमा महिलाले पनि पुरुष जस्तै साधन नलगाई शारीरिक सम्बन्ध गर्दा बढी सन्तुष्टी हुने बताए । यद्यपी साधन लगाउँदा बढी सुरक्षित महसुस हुने उनीहरुको भनाइ थियो ।

२. विस्तारै गरेको राम्रो – शारीरिक सम्बन्धका लागि हतारिने पुरुष महिलालाई मन पर्दैन । उनीहरु आफ्ना संवेदनशील कोमल अंगमा पुरुषले दुख्ने गरी केही पनि नगरुन् भन्ने चाहन्छन् । संवेदनशील अंगसँग संवेदनशीलरुपमै प्रस्तुत भएको उनीहरुलाई मन पर्छ ।

३. मादकपदार्थ सेवन गर्ने चाहना – शारीरिक सम्बन्धपछि केही महिलालाई रक्सी सेवन गर्ने मन पनि हुन्छ । त्यो बेला उनलाई रक्सीले आफूलाई फाइदा गर्छ वा गर्दैन भन्ने थाहा हुँदैन ।

४. भोक लाग्नु – शारीरिक सम्बन्धका क्रममा शक्ति खर्च हुन्छ । यसकारण तपाईको जोडीले भोक लागेको महशुस गरेका हुन्छ ।

५. तपाईप्रति सकारात्मक – यदि शारीरिक सम्बन्धका क्रममा तपाइले जोडीलाई सन्तुष्टी दिन सक्नुभयो भने उनले संसर्गपछि तपाईप्रति सकारात्मक सोच्न थाल्छिन् । चाहे उनले यसको संकेत दिन पनि सक्छिन्, नदिन पनि सक्छिन् ।

६. शारीरिक सम्बन्ध एक काम – कुनै महिला संसर्गलाई एक महत्वपूर्णका कार्यका रुपमा लिन्छिन् । जुन पुरा हुने वित्तिकै आफ्नो अर्को काममा लाग्ने गर्छिन् ।

७. शारीरिक सम्बन्ध गरेकोमा विश्वास नलाग्नु – कयौं पटक महिलाहरुलाई आफूले कसैसँग शारीरिक सम्बन्ध राखेको कुरा पत्याउन गाह्रो पर्न सक्छ । यस्तो दुइवटा परिस्थितीमा हुन सक्छ । पहिलो, जब शारीरिक सम्बन्ध गर्ने व्यक्ति पहिलो पटक संसर्ग गरिरहेका छन् र दोस्रो, जब महिला जोडीलाई आशा गरे विपरित सम्पर्क भएमा ।

८. के म उनको लागि ठीक थिएँ – शारीरिक सम्बन्धपछि कतिपय महिलाको मनमा आफू आफ्नो जोडीको लागि ठीक थिएँ त भन्ने कुरा पनि मनमा लाग्ने गर्छ । उनी आफूसँगको सम्पर्कबाट आफ्नो जोडी सन्तुष्ट भयो वा भएन भन्ने बारेमा पनि जान्न चाहन्छिन् ।

९. उसले गर्ने मायामा फरक त पर्दैन – कैयौं पटक महिलाहरुलाई शारीरिक सम्बन्धपछि आफ्नो जोडीले पहिलेको जस्तै माया गर्छ कि गर्दैन भन्ने कुरामा दुविधा हुन्छ । यस्तो विषयले महिलाहरुलाई बढी सोच्न बाध्य बनाउँछ ।

१०. कतै मैले यो गलत त गरिनँ – यदि कुनै महिला आफ्नो श्रीमान वा ब्वाइफ्रेण्डलाई धोका दिएर अन्य कसैसँग शारीरिक सम्बन्ध राख्छिन् भने उनलाई आफूले यो के गरेको भन्ने मनमा खेल्ने गर्छ । उनलाई पछि आफूले यस्तो गर्न नसक्ने सोच्छिन् ।

११. दोस्रो पटक पनि गर्न सक्छौं – कुनै बेला महिलाहरु शारीरिक सम्बन्धबाट यति धेरै सन्तुष्ट हुन्छिन् कि उनी अर्को पटकका लागि पनि तुरुन्तै तयार हुन्छिन् । त्यसका लागि आफ्नो जोडीको मन तान्न थाल्छिन् ।

१२. समय अभाव भएको महशुस – महिला जोडीलाई शारीरिक सम्बन्धका क्रममा समयलाई लिएर तपाइप्रति निकै अपेक्षा हुन्छ । उनले तपाईलाई खरो रुपमा उत्रेको देख्न चाहन्छिन् । नभए उनी निराश समेत हुन्छिन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  २ : ११ बजे

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै