राप्रपाले कात्तिक २२ देखि तेस्रो पटक ‘स्वाभिमान यात्रा’ गर्दै « Khabarhub

राप्रपाले कात्तिक २२ देखि तेस्रो पटक ‘स्वाभिमान यात्रा’ गर्दै


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले यही कात्तिक २२ देखि २४ गतेसम्म तेस्रो चरणको ‘स्वाभिमान यात्रा’ गर्ने भएको छ ।

सङ्गठन सुदृढीकरणका साथै पार्टीका राजनीतिक कार्यक्रम प्रचार गर्ने उद्देश्यले गर्न लागिएको उक्त यात्रा सिन्धुलीबाट शुरु गरी रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा समापन गरिने छ ।

यसअघि पहिलो चरणमा मेची महाकाली स्वाभिमान यात्रा गरी ३७ जिल्लामा कार्यक्रम गरिसकेको छ भने दास्रो चरणमा मुस्ताङबाट गोरखासम्म गरिएको स्वाभिमान यात्रामा सात जिल्लामा कार्यक्रम गरिएको पार्टीका सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

पार्टीले लिएका हिन्दू राष्ट्रलगायतका राजनीतिक मुद्दालाई जनस्तरमा प्रचार गरी उनीहरुको सुझाव यात्रामा सङ्कलन गरिने छ । देशभर गर्ने लक्ष्य राखिएको उक्त यात्रा बाँकी रहेका जिल्लामा केही महिनापछि पूरा गरिने पार्टीले जनाएको छ ।

अध्यक्ष थापाको स्वास्थ्य सुधारोन्मुख

यसैबीच खेलका क्रममा घाइते भएका पार्टीका अध्यक्ष कमल थापाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । पिडौँला र तिघ्रामा समस्या भई ढाड दुखेका कारण अस्वस्थ्य भएका अध्यक्ष थापाको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको सो पार्टीले जनाएको छ ।

यही कात्तिक ८ गते आइटीएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आइटीएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा भाग लिन चीन गएका थापाले टेनिस प्रतियोगिताको पहिलो खेलमा जीतेका थिए भने दोस्रो खेलमा अग्रता कायम रहँदारहँदै अस्वस्थ्य भई खेल छाडेका थिए । उनी कात्तिक १४ गते स्वदेश फर्किएको सहायक महामन्त्री बर्तौलाले जानकारी दिए ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ३ : ४० बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई