पारसले भने– ज्ञानेन्द्रको नेतृत्वमा हामी नयाँ उचाइमा पुग्ने छौं « Khabarhub

पारसले भने– ज्ञानेन्द्रको नेतृत्वमा हामी नयाँ उचाइमा पुग्ने छौं


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्ललाई पूर्व कप्तान पारस खड्काले बधाई दिएका छन् ।

पूर्व कप्तान पारसले सबैभन्दा योग्य व्यक्ति क्रिकेट टिमका कप्तानका रुपमा आएको पनि बताएका छन् ।

सामाजि सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै पारसले भनेका छन्– ‘सबैभन्दा योग्य व्यक्ति नेपाली क्रिेकेट टिमको कप्तान नियुक्त भएकोमा ज्ञानेन्द्र मल्ललाई बधाई छ । मल्ल त्यो व्यक्ति हुन्, जसले ठूलो जोस, अनुशासन र प्रतिबद्धताका साथ देशको सेवा गरेका छन् । मलाई विश्वास छ उनको नेतृत्वमा हामी नयाँ उचाइमा पुग्ने छौं ।’

करिब १ दशकसम्म नेपाली राष्ट्रिय टिमको कप्तानी गरेका पारसले यही असोजको अन्तिम साता राष्ट्रिय टिमका कप्तानबाट राजीनामा दिएका थिए ।

पारसको राजीनामापछि नेपाल क्रिकेट संघ (क्यान)ले ‘तत्कालका लागि’ भनेर मल्ललाई कप्तानको रुपमा तोकेको हो ।

क्यानले बुधबार नै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई नयाँ कप्तान र उपकप्तान तोकिएको बारे जानकारी दिएको छ ।

क्यानले राष्ट्रिय टिमको उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई तोकेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ४ : १७ बजे

दबाबमा परेको कांग्रेस संस्थापनले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- विशेष महाधिवेशन पक्षधरले बहुमत जुटाएर दबाब बढाउँदै गएपछि सभापति

भारतको अन्तरिक्ष मिशन असफल, नेपालको उपग्रह ‘मुनाल’ पनि बाटैबाट हरायो

नयाँदिल्ली- आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट आइतबार बिहान

थकाली सेवा समितिको केन्द्रीय अध्यक्षमा तुलाचन

मुस्ताङ– थकाली सेवा समिति नेपालको केन्द्रीय अध्यक्षमा शान्ति तुलाचन निर्विरोध

विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जितेको छ : मन्त्री सिन्हा

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपालको