‘भीआईपी जुवाडे’लाई हिरासतमै राख्न सर्वोच्चको आदेश « Khabarhub

‘भीआईपी जुवाडे’लाई हिरासतमै राख्न सर्वोच्चको आदेश


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रिहाईको माग गर्दै बन्द्रीप्रत्यक्षीकरण रिट दायर गरेका ६ जना ‘भीआईपी जुवाडे’लाई थुनामै राखेर कारबाही प्रक्रिया अगाडि बढाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

काठमाडौंको महाराजगञ्जबाट पौने ३ करोड रुपैयाँसहित पक्राउ परेकामध्ये ६ जनाले बन्द्रीप्रत्यक्षीकरणको रिट दायर गरेकोमा सर्वोच्चले बुधबार उनीहरुलाई थुनामै राखी कारबाही प्रक्रिया अगाडि बढाउन आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलाशले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका सबैलाई म्याद तामेल गरेर हाजिर गराउन पनि आदेश जारी गरेको छ । अदालतले रिट दायरकर्ता सबैलाई बिहीबार पुन: अदालतमा उपस्थित गराउन आदेश जारी गरेको थियो ।

आइतबार बिहान महाराजगञ्जको पिपलमार्गमा जुवा खेल्दाखेल्दै पक्राउ परेका २५ जनामध्ये ६ जनाले आइतबार नै सर्वोच्च अदालतमा बन्द्रीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

पछि बुधबार ८ जनाका आफन्तले पनि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

आइतबार दिउँसो दायर गरिएको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले ६ जनालाई नै २४ घण्टाभित्र उपस्थित गराउन भनेको थियो । सोही आदेशानुसार प्रहरीले ६ जनालाई सोमबार अदालतमा उपस्थित गराएको थियो । तर, सोमबार ‘नभ्याइएपछि’ उनीहरुलाई पुनः बुधबार अदालतमा उपस्थित गराउन भनिएको थियो ।

एउटै प्रकरणमा बुधबार थप ८ जनालाई बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेपछि सबैलाई ‘साथमै राखेर’ कारबाही प्रक्रिया अगाडि बढाउन आदेश भएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

प्रहरीको जुवा अपरेशनका क्रममा पक्राउ परेकामध्ये बलराम सापकोटा (बले), पवनकुमार गुप्ता, पवित्रकुमार कार्की, श्रवणकुमार गोयल, विक्रम गौतम र मुक्ति लामाले बन्द्रप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

यस्तै बुधबार होमप्रसाद चौलागाईं, साङ्वे शेर्पा, शम्भु बुढाथोकी, ग्यालजे रिट दायर गरेका हुन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ४ : ३४ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी