विराज भट्टको फिल्म ‘साङ्लो’ को किन छैन चर्चा? « Khabarhub

विराज भट्टको फिल्म ‘साङ्लो’ को किन छैन चर्चा?


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता विराज भट्ट गत दुई वर्षदेखि फिल्म ‘साङ्लो’ को निर्माणमा जुटेका छन् । कुनै जमानामा एकपछि अर्को गर्दै नेपाली फिल्म दिएका भट्टले पछिल्लो समय हिट फिल्म दिन सकेका छैनन् । त्यसैले उनले यो फिल्म थप स्तरीय बनाउने प्रयास पनि गरेका छन् ।

कतिपय फिल्मकर्मी भन्छन्, ‘विराज भट्टले फिल्म क्षेत्रमा नै निरन्तरता दिएको भए उनी अहिले पनि चर्चामै रहन्थे, चल्दाचल्दै यो क्षेत्र छोडे ।’

भट्टले नेपाली फिल्म क्षेत्रमा जमिरहेका बेला भोजपुरी चलचित्र खेल्न थालेका थिए । भोजपुरी सिने जगतमा पनि भट्टको स्टारडम देखियो । नेपाली चलचित्र उद्योगमा पनि एक ताका विराज भट्ट भनेपछि एक्सन फिल्म भन्ने बुझिन्थ्यो ।

तर, केही वर्षयता भने विराजको राज सकिएको छ । फिल्म क्षेत्रमा नयाँ टेस्टका फिल्म चल्न थालेका छन् । भोजपुरी फिल्म जगतमा पनि आफ्नो स्टारडम खस्किँदै गएका बेला भट्ट फिल्म निर्माणमा जुटेका हुन् ।

फिल्ममा पूर्वमिस नेपाल निकिता चण्डकको पनि अभिनय रहनेछ । स्वयम् विराजले पनि शीर्ष भूमिकामा अभिनय गर्नेछन् । पहिले यो फिल्म तिहार लगत्तै रिलिज गरिने भनिए पनि अहिले भने रिलिजको चर्चा छैन । न त दर्शकको ध्यान तान्ने खालका प्रचारात्मक साम्रगी नै फिल्म युनिटले रिलिज गरेको छ ।

विराज आफैले पनि ड्रिम प्रोजेक्ट भनेको फिल्मको चर्चा हुनुपर्ने हो तर अहिले चर्चा नै छैन । न फिल्म विराजका कारण चर्चामा छ, न त निकिताका कारण चर्चामा छ । फिल्म बनाएर मात्र पनि त भएन, आफ्नो कन्टेन्ट दर्शकसम्म पु¥याउन विराजले आखिर किन खासै मतलब नगरेका हुन्?

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ५ : ०६ बजे

कोरलाबाट मालवस्तु ढुवानी बढ्यो, एक सातामा २५२ कन्टेनर पुगे

मुस्ताङ– भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरलानाकाबाट मालवस्तु ढुवानी गर्न

पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व

कपिलवस्तु– कपिलवस्तुका  महिलाले छोराको दीर्घायुको कामना गर्दै बुधबार धुमधामका तीन

आफ्नाको पर्खाइमा साता बित्यो, कुशको शव बनाएर अन्येष्टि

गोरखा– गोसाइँकुण्ड तीर्थ गएका आफन्तहरूको सास बाँकी छ कि छैन

उजाडियो स्याफ्रुबेंसी : घरसँगै बगे आफन्त  (तस्बिरहरू)

रसुवा– भोटेकोशी बाढीले प्रभावित ठाउँमध्ये एक हो-स्याफ्रुवेंशी । यहाँका अधिकांश घर