धर्म र संस्कृतिको संरक्षणका लागि ॐ कार परिवारबीच सहकार्य हुने « Khabarhub

धर्म र संस्कृतिको संरक्षणका लागि ॐ कार परिवारबीच सहकार्य हुने


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको मौलिक धर्म संस्कृति परम्परा सम्वर्धन र संरक्षणका लागि ॐ कार परिवारमा आबद्ध सम्पूर्ण धार्मिक संस्थासँग सहकार्य गरिने भएको छ ।

हिन्दू जागरण नेपालको आयोजनामा यही कात्तिक ८ गते राजधानीमा सम्पन्न एक दिने कथाव्यास सम्मेलनको निष्कर्ष बुधबार सार्वजनिक गर्दै कथावाचकले प्रवचनका क्रममा अनिवार्यरुपमा देशको संस्कृति, मौलिकता, नैतिकता र राष्ट्रियताको महत्वबारे जानकारी गराउनुपर्नेमा जोड दिइएको छ ।

सम्मेलनमा सहभागी कथावाचकले आफ्ना सन्ततिलाई अनिवार्य संस्कृत पढाउनुपर्ने, शिखा, सूत्र, गाई, तुलसी, शालिग्राम र देवालयको संरक्षण तथा प्रचारप्रसारका लागि प्रवचनमार्फत पे्ररित गर्ने प्रतिबद्धता जनाएको पनि जानकारी दिइयो ।

कथा प्रवचन हुने हरेक ठाउँमा स्थानीय जातका गाई संरक्षण गरी गौशाला बनाउन आह्वान गरिने निर्णय पनि कथाव्यासले गरेका थिए । नेपालका विभिन्न भागमा भइरहेको धर्मपरिवर्तनविरुद्ध आवाज उठाइने प्रतिबद्धता पनि पुराण वाचकले गरेको आयोजक संस्थाका अध्यक्ष रामकृष्ण उपाध्यायले बताए । विभिन्न किसिमका प्रलोभनले सनातन धर्म त्यागेकालाई स्वधर्ममा फर्काउन प्रेरणा जगाउन पहल गरिने जनाइएको उहाँले जानकारी दिए ।

“नेपाललाई लोकतान्त्रिक मूल्य र मान्यताअनुरुप संवैधानिकरुपमै हिन्दूराष्ट्र कायम गराउन हरेक कथा प्रवचनमा सर्वसाधारणलाई प्रेरित गर्ने/गराउने घोषणा पनि सम्मेलनले गरेको छ”, अध्यक्ष उपाध्यायले भने ।

हरेक यज्ञानुष्ठान शास्त्रीय मर्यादाअनुरुप मात्र गर्ने, समयशुद्धि, मुहूर्त आदि निश्चय गरेर मात्र कार्यक्रम आयोजना गर्ने, समयशुद्धि र शास्त्रीय मर्यादा कायम गर्न आवश्यकताअनुसार विज्ञहरुसँग परामर्श गर्ने निर्णय पनि सम्मेलनले गरेको थियो । कुनै विषयमा विवाद आएमा आयोजक संस्थासँग परामर्श लिइने घोषणा पनि सम्मेलनले गरेको सो अवसरमा बताइएको थियो ।

धर्म संस्कृति नमान्ने, सो अनुसार कर्म नगर्ने, राजनीतिक नेता तथा व्यक्तिलाई आफ्ना कुनै पनि कार्यक्रममा प्रमुख अतिथि नबनाउने र कुनै पनि धार्मिक काम यस्ता व्यक्तित्वको हातबाट उद्घाटन वा शिलान्यास नगर्ने/नगराउने घोषणा गरिएको पनि जानकारी गराइएको थियो ।

हरेक धार्मिक कार्यक्रममा सङ्कलित रकममध्ये रु एक हजार १०० धार्मिक कोषमा जम्मा गरी धर्म संरक्षणमा उपयोग गर्ने, धार्मिक महागठबन्धन बनाउन कथा प्रवचन भएका स्थानमा क्रियाशील कर्मकाण्ड गराउने पुरोहित एवं धर्म र संस्कृतिको सम्वद्र्धनमा सक्रिय संस्था एवं व्यक्तिको समूह बनाउने प्रतिबद्धता पनि कथाव्यासले जनाएको सो अवसरमा बताइएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ६ : ०२ बजे

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ– खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै यात्रा

नवलपरासी– गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।