धर्म र संस्कृतिको संरक्षणका लागि ॐ कार परिवारबीच सहकार्य हुने « Khabarhub

धर्म र संस्कृतिको संरक्षणका लागि ॐ कार परिवारबीच सहकार्य हुने


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको मौलिक धर्म संस्कृति परम्परा सम्वर्धन र संरक्षणका लागि ॐ कार परिवारमा आबद्ध सम्पूर्ण धार्मिक संस्थासँग सहकार्य गरिने भएको छ ।

हिन्दू जागरण नेपालको आयोजनामा यही कात्तिक ८ गते राजधानीमा सम्पन्न एक दिने कथाव्यास सम्मेलनको निष्कर्ष बुधबार सार्वजनिक गर्दै कथावाचकले प्रवचनका क्रममा अनिवार्यरुपमा देशको संस्कृति, मौलिकता, नैतिकता र राष्ट्रियताको महत्वबारे जानकारी गराउनुपर्नेमा जोड दिइएको छ ।

सम्मेलनमा सहभागी कथावाचकले आफ्ना सन्ततिलाई अनिवार्य संस्कृत पढाउनुपर्ने, शिखा, सूत्र, गाई, तुलसी, शालिग्राम र देवालयको संरक्षण तथा प्रचारप्रसारका लागि प्रवचनमार्फत पे्ररित गर्ने प्रतिबद्धता जनाएको पनि जानकारी दिइयो ।

कथा प्रवचन हुने हरेक ठाउँमा स्थानीय जातका गाई संरक्षण गरी गौशाला बनाउन आह्वान गरिने निर्णय पनि कथाव्यासले गरेका थिए । नेपालका विभिन्न भागमा भइरहेको धर्मपरिवर्तनविरुद्ध आवाज उठाइने प्रतिबद्धता पनि पुराण वाचकले गरेको आयोजक संस्थाका अध्यक्ष रामकृष्ण उपाध्यायले बताए । विभिन्न किसिमका प्रलोभनले सनातन धर्म त्यागेकालाई स्वधर्ममा फर्काउन प्रेरणा जगाउन पहल गरिने जनाइएको उहाँले जानकारी दिए ।

“नेपाललाई लोकतान्त्रिक मूल्य र मान्यताअनुरुप संवैधानिकरुपमै हिन्दूराष्ट्र कायम गराउन हरेक कथा प्रवचनमा सर्वसाधारणलाई प्रेरित गर्ने/गराउने घोषणा पनि सम्मेलनले गरेको छ”, अध्यक्ष उपाध्यायले भने ।

हरेक यज्ञानुष्ठान शास्त्रीय मर्यादाअनुरुप मात्र गर्ने, समयशुद्धि, मुहूर्त आदि निश्चय गरेर मात्र कार्यक्रम आयोजना गर्ने, समयशुद्धि र शास्त्रीय मर्यादा कायम गर्न आवश्यकताअनुसार विज्ञहरुसँग परामर्श गर्ने निर्णय पनि सम्मेलनले गरेको थियो । कुनै विषयमा विवाद आएमा आयोजक संस्थासँग परामर्श लिइने घोषणा पनि सम्मेलनले गरेको सो अवसरमा बताइएको थियो ।

धर्म संस्कृति नमान्ने, सो अनुसार कर्म नगर्ने, राजनीतिक नेता तथा व्यक्तिलाई आफ्ना कुनै पनि कार्यक्रममा प्रमुख अतिथि नबनाउने र कुनै पनि धार्मिक काम यस्ता व्यक्तित्वको हातबाट उद्घाटन वा शिलान्यास नगर्ने/नगराउने घोषणा गरिएको पनि जानकारी गराइएको थियो ।

हरेक धार्मिक कार्यक्रममा सङ्कलित रकममध्ये रु एक हजार १०० धार्मिक कोषमा जम्मा गरी धर्म संरक्षणमा उपयोग गर्ने, धार्मिक महागठबन्धन बनाउन कथा प्रवचन भएका स्थानमा क्रियाशील कर्मकाण्ड गराउने पुरोहित एवं धर्म र संस्कृतिको सम्वद्र्धनमा सक्रिय संस्था एवं व्यक्तिको समूह बनाउने प्रतिबद्धता पनि कथाव्यासले जनाएको सो अवसरमा बताइएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ६ : ०२ बजे

विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।

भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा

भक्तपुर – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज