भारतको पिथौरागढमा भएको तीन नेपाली हत्या प्रकरणमा एक जना पक्राउ | Khabarhub Khabarhub

भारतको पिथौरागढमा भएको तीन नेपाली हत्या प्रकरणमा एक जना पक्राउ


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  गत कात्तिक ८ गते भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्यामा संलग्न रहेको आशङ्कामा एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–५ घर भई पिथौरागढमा काम गर्दै आएका धनबहादुर बोहरा रहेका छन् । उनलाई भारतकै मुन्सियारीबाट पक्राउ गरिएको हो ।

रोजगारीका लागि पिथौरागढ गएका बैतडीको पुर्चौडी नगरपालिका–५ दहतोलीका हरिश बोहरा, उहाँका सहोदर भाइ बिरा बोहरा र पुर्चौडी नगरपालिका–४ भटना तडिखेतका काशी बोहराको लिङ्ग काटिएको अवस्थामा बीभत्स रुपमा शव फेला परेको थियो ।

पक्राउ परेका धनबहादुर मृतक हरिश बोहराका भतिजा नाता पर्ने रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले अनुसन्धानका लागि भारत पठाएका प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिए ।

पक्राउ परेका बोहराले आफूले नै तीनै जनाको हत्या गरेको स्वीकार गरेको भारतीय प्रहरीलाई उद्धृत गर्दै प्रहरी सहायक निरीक्षक महराले बताए ।

उनका अनुसार कात्तिक ८ गते चारै जनाले रक्सी खाएको र ढुङ्गाले टाउको हिर्काएको र त्यसपछि धनबहादुर आफैले हँसियाले उनीहरुको लिङ्ग काटेको प्रहरीलाई बयान दिएका छन् । प्रसनि महराले भने, “सबैले सँगै मापसे गरेको र आफूलाई रक्सी अझै खानुपर्छ भनेको खाँदैन भन्दा नमानेको र जबर्जस्ती गरेर खुवाउन खोज्दा आफूले रक्सीले मातेको अवस्थामा ढुङ्गा र हँसिया प्रहारले तीनै जनाको हत्या गरेको धनबहादुरले भारतीय प्रहरीलाई बयान दिएका छन् ।”

यसअघि भारतीय प्रहरीले घटनामा मृतक हरिश बोहराकी श्रीमती कलावती बोहरा (किर्रा)को संलग्नता रहेको आशङ्का गरेको भएपनि कलावती उनीहरुको सामूहिक हत्या हुनुअघि नै नेपाल फर्किएको बैतडी प्रहरीलाई बताएको थियो । प्रहरीले अनुसन्धान तथा सोधपुछका लागि उनलाई कात्तिक ११ गते बझाङबाट पक्राउ गरेको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिए ।

हरिश बोहराले कलावतीसँग एक वर्षअघि मात्रै विवाह गरेर मजदुरी गर्न सँगै भारत गएका थिए । कलावतीले हरिश बोहरासँग दोस्रो विवाह गरेको बुझिएको छ । घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीले समेत प्रहरी सहायक निरीक्षक श्यामसिंह महराको नेतृत्वमा प्रहरीको एक टोली भारतको पिथौरागढ पठाएको थियो ।

मृतक तीनै जनाको उनीहरुका आफन्तले शव बुझेर दाहसंस्कार गरिसकेका छन् । भारतमा सामूहिक हत्या भएपछि उनीहरुको गाउँ नै शोकमा डुबेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ९ : २५ बजे

आजका समाचार : नेपालमा एमसीसी नरोकिने, दीपक मनाङेको सांसद पद खारेज र अमेरिकासामु आत्मसमर्पण गर्न मानेन इरान

द्रुतमार्गबारे आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाईप्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी

पर्यापर्यटन विकास गर्न हिमालको प्रवर्द्धन आवश्यक : राजदूत पार्क

काठमाडौं– नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले नेपालको पर्यापर्यटनको

सुशासनका लागि स्थायी सरकार आवश्यक : सभापति खतिवडा

पाटन– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुशासनका

नयाँदिल्ली हुँदै खाडीमुलुक जान लागेका पाँच जना नियन्त्रणमा

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैधरूपमा भारतीय नाका हुँदै

एमालेलाई आत्मसमीक्षा गर्न सुझाउँदै प्रकाश पौडेल भन्छन्- भोलि ‘मरेँ मरेँ’ भन्दा पनि कार्यकर्ताले साथ नदेलान्

काठमाडौं- अनेरास्ववियुको २४ औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार प्रकाश पौडेलले