रुप र विजयको गोलमा जावलाखेलको जीत, च्यासलको लगातार दोस्रो हार « Khabarhub

रुप र विजयको गोलमा जावलाखेलको जीत, च्यासलको लगातार दोस्रो हार


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबमाथि जीत हात पारेको छ ।

मंगलबार भएको खेलमा जावलाखेलले च्यासललाई २–० गोल अन्तरले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा च्यासल र जावलाखेलले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए ।

दोस्रो हाफमा जावलाखेलले आक्रामक खेल्दा सम्हालिन नसकेको च्यासल माथि जीत हात पार्यो ।

जावलाखेलका लागि रुपबहादुर लामा र विजय घलानले गोल गरेका थिए । लामाले खेलको ८० औं मिनेटमा गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए ।
आक्रामक देखिएको जावलाखेलका लागि पहिलो गोलको ठीक दोस्रो मिनेटपछि नै २–० गोलको अग्रता बनाएको थियो ।

च्यासलका स्टाइकर सन्तोष साहुखलसहितको टोलीले फरवार्ड लाइन सम्हाले पनि गोल गर्न नसक्दा हार व्यहोर्नु परेको हो । ए डिभिजन लिगमा सन्तोषले ९९ गोल गरिसकेका छन् ।

सय गोलको प्रतिक्षामा रहेका सन्तोष्ले पछिल्ला २ खेलमा गोल गर्न त सकेका छैनन् नै टिमले समेत जीत हात पार्न सकेको छैन् ।

खेलको ७५ औं मिनेटमा अरुज सिंहको स्थानमा मैदान प्रवेश गरेका विजय घलानले उत्कृष्ट रिवाउण्ड गोल गर्दै टिमलाई २–० को जीत दिलाउन योगदान गरे ।

लिगमा अपराजित रहेको जावलाखेलले ४ खेलमा २ मा जीत र २ खेल बराबरी खेल्दै ८ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ । पराजित च्यासलले लगातार दोस्रो हार ब्येहोरेको हो । च्यासलले ४ खेलमा ४ अंक बटुलेको छ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  १ : ३९ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक