भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन चार देशका पर्यटन मन्त्री काठमाडौंमा « Khabarhub

भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन चार देशका पर्यटन मन्त्री काठमाडौंमा


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा सहभागी हुन विभिन्न चार देशका पर्यटन मन्त्रीहरु काठमाडौं आइपुगेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार नेपाल भ्रमण २०२० को उदघाटन् समारोहमा सहभागी हुन चीनका पर्यटन मन्त्री वाङ सियोफिङ, भारतका प्रल्हादसिंह पटेल, जमैकाका एडमण्ड बार्टलेट,  र म्यानमारका यू ओन मौग काठमाडौँ आएका हुन्।

नयाँ वर्षको पहिलो दिन जनवरी १ अर्थात पुस १६ गते बुधबार नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिने कार्यक्रम छ ।

भ्रमण वर्ष सचिवालयकाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा भ्रमण वर्ष अभियानको उद्घाटन गर्नेछिन् भने त्यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण वर्षको उद्घाटन भव्यरुपमा गरिने भ्रमण वर्ष सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ६ : ४१ बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ