आविष्कार केन्द्रलाई विद्यार्थीको सहयोग « Khabarhub

आविष्कार केन्द्रलाई विद्यार्थीको सहयोग


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आफ्नो खाजाको रकम बचाएर काठमाडौँ चावहिलस्थित एपेक्स लाइफ स्कूल र त्यहाँ अध्ययनरत विद्यार्थीले राष्ट्रिय आविष्कार केन्द्रलाई रु एक लाख एक हजार पाँच प्रदान गरेका छन् ।

कीर्तिपुरमा आज आयोजित कार्यक्रममा विद्यालयका कार्यकारी निर्देशक सुवास न्यौपाने र विद्यार्थीले केन्द्रका सञ्चालक महावीर पुनलाई सो रकम प्रदान गरे ।

नेपाली माटो सुहाउँदो ज्ञान, विज्ञान र अनुसन्धान गर्न खोलिएको केन्द्रमा सरकारको नजर पर्न नसकेको अवस्थामा विद्यार्थीले खाजा रकमबाट बचाएको रकममा विद्यालयले समेत सहयोग गरी उक्त रकम प्रदान गरिएको निर्देशक न्यौपानेले बताए । “सरकारले सहयोग गर्नुपर्ने व्यक्तिलाई रचनात्मक र सिर्जनात्मक काम भनेर साङ्केतिक रुपमा हामीले सहयोग गरेका हौ‌ं, विद्यालयका निर्देशक न्यौपानेले भने ।

सो अवसरमा केन्द्रका सञ्चालक पुनले खोज अनुसन्धानमा राज्यले सहयोग नगरेको र न्यून ब्याजदरमा ऋणसमेत उपलब्ध नभएको अवस्थामा पनि जनस्तरको सहयोगमा अनुसन्धानका कार्यहरु भइरहेको उल्लेख गरे । केन्द्रमा विद्यार्थीले आफूले कुनै विषयमा अनुसन्धान गर्न चाहेमा आवश्यक सहयोग र सुविधा प्राप्त गर्नसक्ने उनले बताए ।

विसं २०४० सालमा स्थापना भएको यस विद्यालयमा एकदेखि दश कक्षासम्म करिब ४५० विद्यार्थी अध्ययनरत छन् । निर्देशक न्यौपानेका अनुसार विद्यालयले नेपाली संस्कार र आदर्श अनुरुप संस्कृत भाषा, नैतिक शिक्षाको पठनपाठनमा जोड दिएको छ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  १० : २० बजे

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय