विश्व फुटबलको एक दशकः सफल क्लब पीएसजी, गोल र ट्रफीमा रोनाल्डोलाई मेस्सीले उछिने « Khabarhub

विश्व फुटबलको एक दशकः सफल क्लब पीएसजी, गोल र ट्रफीमा रोनाल्डोलाई मेस्सीले उछिने


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  अंग्रेजी नयाँ वर्ष बुधबारबाट शुरु हुँदैछ । स्पेनिस पत्रिका मार्काले पछिल्लो एक दशकको विश्व फुटबलको समीक्षा गरेको छ ।

जसमा मार्काले उत्कृष्ट ५ क्लबदेखि विभिन्न लिगमा आफूलाई स्थापित गर्न सफल खेलाडी तथा यो दशकका सबैभन्दा चर्चामा रहेका फुटबलर लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट भन्दै समीक्षा गरेको छ ।

सन् २०१० देखि २०१९ सम्म शीर्ष ५ लिगका सफल क्लबहरुमा पेरिस सेन्ट जर्मन (पीएसजी), बार्सिलोनम, बार्यन म्युनिख र रियल मड्रिड रेहका छन् । उनीहरुले क्रमशः पीएसजीले २३, बार्सिलोनाले, २२, बार्यन म्युनिखले १९ र रियल मड्रिडले १७ उपाधि उचालेका छन् ।

यस्तै, इटालीयन सिरी ए मा थुभेन्टसले आफ्नो सर्बोच्चता कायम गर्न सफल भएको छ भने फ्रान्सेली लिग वानमा पीएसजीले आफूलाई शीर्ष स्थानमा राखेको छ ।

विश्व क्लब फुटबलमा सबैभन्दा बढी चर्चामा रहने इङ्ग्ल्यान्डको इङ्लिस प्रिमियर लिगमा भने यो दशकमा म्यान्चेस्टर सिटीले सबैभन्दा धेरै उपाधि हात पारेको छ ।

सिटीले १२ उपाधि उचाल्दा म्यान्चेस्टर युनाइटेडले १० र लिभरपुलले ४ वटा उपाधि उचालेको छ ।

मार्काले यो एक दशकमा कुन लिगमा कुन खेलाडी स्थापित भए भन्ने पनि सार्वजनिक गरेको छ । उसका अनुसार इङ्ग्ल्यान्डमा आधारित लिगहरुमा बार्यन रुनी, जमिइ भार्दे, सर्जियो अग्युरो, डेभिड सिल्भा र इडन हजार्डले धेरै उपाधि जितेको जनाएको छ ।

यस्तै, ला लिगामा लियोनल मेस्सी , क्रिस्टियानो रोनाल्डो, लुइस स्वारेज, करिम बेञ्जीमा र आन्द्रेस इनियस्टाले धेरै उपाधि हात पारेका छन् ।
पीएसजीको प्रभुत्तो रहेको लिग वानमा जाल्टन इब्रामोभिच, इडिसन काभानी, किलियन एमबाप्पे, मार्को भेराट्टी र थिएगो सिल्भाले धेरै उपाधि जितेका छन् ।

रोनाल्डो भर्सेस मेस्सी

विश्व फुटबलमा अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेस्सी र पोर्चुगल तथा युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोको चर्चा निकै भइरहन्छ ।

यी दुई खेलाडीकै वरिपरी यो दशकका विश्व फुटबल घुम्यो । मेस्सी र रोनाल्डो जसको चर्चा यो दशकको शुरु देखि अहिलेसम्म चलिनै रहेको छ । फुटबल इतिहासमा सबैभन्दा क्षमतावान यी दुई खेलाडीको तुलना अहिले नै सकिने सम्भावना पनि छैन् ।

सन् २०१० पछि अहिलेसम्म यो दशकमा मेस्सी र रोनाल्डोका आ–आफ्नै किर्तिमानी बने । क्लबका लागि सयौं गोल यीनीहरुले गरेका छन् भने दर्जनौं गोेलका लागि अवसर सिर्जना गरेका पनि छन् ।

२०१० जनवरी १ देखि आजसम्म मेस्सी र रोनाल्डोले गरि दुवै जनाले १ हजार २८ गोल गरेका छन् । जसमा रोनाल्डोले ४ सय ९१ गोल गर्दा मेस्सीको नाममा ५ सय ३७ गोल रहेको छ ।

रोनाल्डोका लागि यो दशकको सबैभन्दा राम्रो सिजन बर्ष २०१४–१५ हो । जसमा उनले ६१ गोल गरेका थिए । त्यसोत उनले दुई पटक ६० गोलको आँकडा पूरा गरेका छन् ।

यता, मेस्सीले एकै बर्ष ७३ गोलसम्म गरेका छन् । उनले सन् २०११–१२ मा ७३ गोल गरे थिए भने २०१२ मा त मेस्सीले ९१ गोल गरेका थिए ।
गोलमा मात्रै होइन् यी दुई खेलाडीको ट्रफीमा पनि उत्तिकै प्रतिस्पर्धा हुन्छ । रोनाल्डोले यो दशकमा २१ ट्रफी जित्दा मेस्सीले २४ ट्रफी जितेका छन् ।

क्लबलाई दिलाएको सफलतामा पनि रोनाल्डोभन्दा मेस्सी अगाडि छन् । जसमा मेस्सीले बार्सिलोनाका लागि २३ उपाधि जिताएका छन् भने रोनाल्डोले रियल मड्रिड, युभेन्टस र पोर्चुगलका लागि गरेर जम्मा २० उपाधि जिताउन सकेका छन् ।

यता अन्तर्राष्ट्रिय उपाधिमा भने रोनाल्डो मेस्सीमाथि हावी भएका छन् । जसमा उनले च्याम्पियन्स लिग ट्रफी २ पटक, क्लब विश्वकप एक र सुपर कप एक पटक मेस्सीभन्दा धेरै उपाधि जितेका छन् ।

त्यस्तै, मेस्सीले १० स्पेनिस लिगमा १० मध्ये ७ उपाधि जितेका छन् भने । कोपा डेल रे मा १० मा ५ पटक र सुपर कप डे स्पानामा १० मै ५ ट्रफी जीतेका छन् ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ९ : ०० बजे

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

काठमाडौं– प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर

अमेरिकाविरुद्ध इरानको तयारी तीव्र, होर्मुज बन्द गर्ने चेतावनी

तेहरान- मध्यपूर्वमा जारी युद्धको चौथो हप्तामा, अमेरिकाले इरानविरुद्धको चेतावनी जारी