सांसदको तलब शिक्षकलाई « Khabarhub

सांसदको तलब शिक्षकलाई


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रतिनिधिसभा तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले भानु नगरपालिका–७ स्थित चण्डिकालाल प्राथामिक विद्यालयको एक शिक्षकलाई एक वर्षको तलब बराबरको रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सांसद श्रेष्ठले विद्यालयको ५१औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै प्राथामिक तहका एक शिक्षकलाई एक वर्षको तलब दिने घोषणा गरेका छन् ।

शिक्षक दरबन्दी कम भएको र विद्यालयको आन्तरिक स्रोतले छुट्टै शिक्षक राख्नसक्ने अवस्था नभएका कारण सांसद श्रेष्ठले एकजना करारको शिक्षकलाई सरकारी तलब स्केल बराबरको रकम आफ्नो व्यक्तिगत तबरबाट उपलब्ध गराउने घोषणा गरेका छन् ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले कुनै पनि बालबालिका शिक्षाको उज्यालो घामबाट वञ्चित नहुन भन्ने उद्देश्यले शिक्षकको व्यवस्थाका लागि रकम उपलब्ध गराउन लागेको बताए ।

सांसद श्रेष्ठले हालसम्म सांसदका रुपमा आफूलाई राज्यले दिने मासिक तलब भत्ता सबै जिल्लाका विभिन्न सङ्घ संस्थालाई उपलब्ध गराउँदै आएका छन् ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ९ : ४० बजे

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय