स्थानीय तह र प्रदेशका लागि लोकसेवा भर्ना छिट्टै, रिक्त पद खोज्न सात टोली « Khabarhub

स्थानीय तह र प्रदेशका लागि लोकसेवा भर्ना छिट्टै, रिक्त पद खोज्न सात टोली


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्य पत्रपत्रिकामा जस्तै आजको राजधानी दैनिकले पनि लगानी सम्मेलन समापनको समाचारलाई नै पहिलो पृष्ठमा ‘१६ परियोजनामा १७ आवेदन, १५ वटामा सम्झौता’ शीर्षकमा छापेको छ ।

लगानी सम्मेलनमा सरकार र निजी क्षेत्रले प्रस्तुत गरेक ७७ मध्ये १६ परियोजनाका लागि आवेदन परेको छ । आवेदन दिने समय २० अप्रिलसम्म भए पनि अहिले नै १६ वटा परियोजनाका लागि आवेदन परेको जनाइएको छ ।

यसैगरी चौधरी ग्रुपले सौर्य उर्जामा अमेरिकी लगानी भित्र्याउने शीर्षकमा पनि समाचार छापिएको छ ।

पत्रिकाले ‘अनुमतिबिना गैरऔषधि धमाधम बिक्री’ शीर्षकमा अर्को समाचार पहिलो पृष्ठमा छापेको छ । औधषि व्यववस्था विभागको अनुमतिबिना खाद्यपूरक सामग्री नेपाली औषधि बजारमा खेलआम बिक्री वितरण हुने गरेको उल्लेख गरिएको छ ।

त्यसैगरी पत्रिकाले स्थानीय तह र प्रदेशका लागि लोकसेवा भर्ना छिट्टै खुल्ने समाचार पनि ‘रिक्त पदा खोज्न सात टोली’ शीर्षकमा छापिएको छ ।

सरकारले प्रदेश र स्थानीय तहमा विभिन्न सेवा समूहका रिक्त पद पत्ता लगाउन सात टोली परिचालन गर्ने निर्णय गरेको पत्रिकामा जनाइएको छ ।

त्यसैगरी शैक्षिक क्षेत्रमा एकपछि अर्को विकृति शीर्षकमा सम्पादकीय छापेको छ । समग्र देश र नागरिकलाई सभ्य र अनुशासित बनाउन शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ । तर हाम्रो शिक्षा क्षेत्र विकृति नै विकृतिले गाँजिन थालेको छ ।

 

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ५ : ५५ बजे

मेसीका लागि किन खास छ अर्जेन्टिनी टोली ?

काठमाडौँ – विश्वकप फुटबल २०२६ सकिनका लागि अब तीन खेल

हुप्सेकोटका पहिरो विस्थापित अझै पनि अस्थायी शिविरमा

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८

रौतहटमा एक युवाले गरे आत्मदाह प्रयास, थप उपचारका लागि कीर्तिपुर रिफर

काठमाडौँ – रौतहटको गरुडामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर

नसर्ने रोगको जोखिम कम गर्नुपर्नेमा जोड

काठमाडौँ– नेपालमा बढ्दो नसर्ने रोगको जोखिमलाई कम गर्न स्वास्थ्य सेवाको

गोरखा बाह्रकिलो बजारका घरटहरा हटाइयो

गोरखा– गोरखा नगरपालिका–११ को सार्वजनिक जग्गामा सञ्चालित बाह्रकिलो बजारमा बनेका