निराश दर्शकलाई प्रदीप, अनमोल र सलिनले हलसम्म तान्लान् ? « Khabarhub

निराश दर्शकलाई प्रदीप, अनमोल र सलिनले हलसम्म तान्लान् ?


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो वर्ष नेपाली फिल्मका दर्शकका लागि दुःखद् रह्यो । एकाध सिनेमाले हलमा दर्शक ताने । केही सिनेमाले जेनतेन आफ्नो लगानी सुरक्षित राखे । रिलिज भएका असी प्रतिशत फिल्म डुबे ।

जबकि, हलसम्म दर्शकको भीड जम्मा गर्ने खुबी भएका भनिएका अभिनेता अनमोल केसीको ‘क्याप्टेन’ ले पनि सोचेभन्दा निकै निराशाजनक व्यापार ग–यो । निर्माण टिमको दाबी अनुसार त यो फिल्मले उत्कृष्ट व्यापार गरेको छ । तर क्रेज र हल रिपोर्ट हेर्दा व्यापार त्यस्तो छैन ।

अब कुरा गरौँ, तीन चकलेटी अभिनेता अनमोल केसी, प्रदीप खड्का र सलिनमान बनियाँको ।

वर्षको अन्तिमतिर अर्थात्  चैत्र २९ मा अनमोल केसी फेरि लभस्टोरी फिल्म ‘ए मेरो हजुर ३’ मा देखा पर्दैछन् । अर्का दुई अभिनेता प्रदीप खड्का पनि अर्को लभस्टोरी ‘लभ स्टेशन’ लिएर चैत्र २२ मा आउँदैछन् । यस्तै अर्का अभिनेता सलिनमान बनिया पनि वर्षको अन्तिम चैत्र २९ मै ‘यात्रा’ मार्फत पर्दामा देखिँदैछन् ।

अहिलेको बजारलाई तुलना गर्दा यी तीनैले दर्शकमा त्यति साह्रो फिल्म हेर्नैपर्ने माहोल बनाउन सकेका छैनन् । फिल्मको प्रचारलाई लिएर भने तीनै हिरोहरु व्यस्त भएका छन् ।

प्रदीप खड्का फिल्म ‘लभ स्टेशन’ मार्फत मिडियामा छाइरहेका छन् । सामाजिक सञ्जालमा खासै नदेखिएका यी नायक कलेज र क्याम्पेनिङमा भने खुबै लागिपरेका छन् । होलीलाई पनि कलाकारले प्रचारकै माध्यम बनाएका थिए ।

आउँदो शुक्रबारबाट रिलिज हुने यो फिल्मको हाइप भने त्यति छैन, कति दर्शकलाई त चैत्र २२ गते फिल्म रिलिज हुँदैछ भन्ने पनि थाहा छैन ।

फागुन १७ गते पर्दामा आएका अनमोल केसीलाई ‘मेगास्टार’ को ट्याग दिँदै ‘ए मेरो हजुर ३’ आउँदैछ । फिल्मको केही दिनअघि मात्र ट्रेलर सार्वजनिक गरिएको थियो । फिल्मप्रति दर्शकको औसत चासो छ । अनमोलको यो फिल्मले पनि हलमा दर्शकको क्रेज बनाउँछ या बनाउँदैछ त्यो भने हेर्न बाँकी नै छ ।

सलिनमान बनिया लामो समयपछि दर्शकमाझ आउँदैछन् । यसअघि जम्मा एउटा फिल्ममा अभिनय गरेका सलिनमानले हलसम्म  दर्शक तान्लान् त ? त्यो भने हेर्न बाँकी छ ।

आशा गरिएका यी तीन कलाकारले हलसम्म दर्शक ताने भने त फिल्म उद्योगमा एउटा माहोल बन्ला । नत्र फिल्मले दर्शक पाउन फेरि पनि ‘छक्का पञ्जा’ सिरिज नै कुर्नुपर्ने अवस्था आउँछ भनेर कतिपयले अड्कल काट्न थालेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ११ : २९ बजे

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना

दुई फर्ममाथि विभागको जरिवाना

काठमाडौँ– नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा

पर्वतमा अफ्रिकन स्वाइन फ्लुबाट ४६ बङ्गुर मरे

पर्वत– पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको

अन्तर्राष्ट्रिय बौद्धिक विमर्शमा सहभागी हुन आज दिल्ली जाँदै बाबुराम

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भारतको नयाँ दिल्लीमा आयोजना