हिन्दू राष्ट्र पुनःस्थापनाका लागि राप्रपाको हस्ताक्षर संकलन अभियान « Khabarhub

हिन्दू राष्ट्र पुनःस्थापनाका लागि राप्रपाको हस्ताक्षर संकलन अभियान


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दवाव दिन आईतबारबाट काठमाडौंलगायत देशभर हस्ताक्षर संकलन अभियान सुरु गरेको छ ।

८१ प्रतिशत हिन्दुहरु रहेको मुलुकमा हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दवाव दिन राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर एकैसाथ हस्ताक्षर संकलन अभियान सुरु गरेको हो । काठमाडौं, ललितपुर र भक्तपुरको हस्ताक्षर संकलन अभियान भने संयुक्त रुपमा काठमाडौंको बसन्तपुरबाट सुभारम्भ गरिएको छ ।

विश्वकै हिन्दुहरुको पहिचानका लागि पनि नेपाललाई हिन्दु राष्ट्र पुनःस्थापना गर्न एक हप्ते हस्ताक्षर संकलन अभियान संचालन गरिएको पार्टीका नेता बुद्धिमान तामाङले जानकारी दिनु भयो । संकलन गरिएको सो हस्ताक्षर आगामी चैत्र २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने राष्ट्रिय प्रजातन्त्र पार्टीको योजना छ ।

८१ प्रतिशत भन्दा बढि हिन्दुहरु बसोबास रहेको मुलुकमा हिन्दु राष्ट्र पुनःस्थापना गर्न सरकारलाई दवाव दिन सो हस्ताक्षर संकलन अभियान सुरु गरिएको पनि नेता तामाङले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र पुनस्थापनाका लागि दवाव दिन सरकारलाई ज्ञापन पत्र बुझाउनका लागि मेची–महाकाली अभियान पनि संचालन गरेको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ४ : २८ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको