दाहालले बढाए दबाब-सहमतिमा महाधिवेशन नभए फरक स्थिति पैदा हुने « Khabarhub

दाहालले बढाए दबाब-सहमतिमा महाधिवेशन नभए फरक स्थिति पैदा हुने


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो बजेट पेस गरेकै दिन बुधबार अर्का अध्यक्ष पुष्पकमल दाहालले एक वर्षअघि एकीकरणका क्रममा भएको ‘आलोपालो सरकार चलाउने’ सहमतिको प्रसंग उप्काउँदै त्यसबाट दायाँबायाँ गरे कोही नटिक्ने बताएपछि पार्टीमा नयाँ तरंग पैदा भएको कान्तिपुर दैनिकमा खबर छ।

एक टेलिभिजन च्यानलसितको अन्तर्वार्तामा उक्त अभिव्यक्ति दिएकै दिन यसअघि ‘दुई अध्यक्षबीचको गोप्य सहमति’ भनिँदै आएको पत्रसमेत सार्वजनिक हुनुलाई दाहालले पार्टी वा सरकारमध्ये एउटा आफूले पूर्ण रूपमा चलाउन पाउनुपर्ने वातावरणका लागि दबाब बढाएको अर्थमा बुझिएको छ।

अघिल्लो वर्षको जेठ २ गतेको मितिमा हस्ताक्षरित उक्त पत्रको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख छ। अन्तर्वार्तामा अध्यक्ष दाहालले एकता गर्दाको सहमतिप्रति इमानदार हुनैपर्ने उल्लेख गर्दै भनेका छन्, ‘म के विश्वास गर्छु भने केपी ओलीले समय आएपछि सत्ता हस्तान्तरण गर्न अप्ठेरो मान्नुहुन्न। मैले लिन पनि अप्ठेरो मान्दिनँ।’

दाहालले आफ्नो हैसियत राम्ररी परिभाषित हुनुपर्ने उल्लेख गर्दै सरकारको नेतृत्व एउटाले र पार्टीको नेतृत्व अर्कोले गरेमा सन्तुलन मिल्ने बताएका छन्। सहमतिमा महाधिवेशन नभए फरक स्थिति पैदा हुनेसमेत उनको भनाइ छ।

केन्द्रीय समितिको कार्यविभाजनका विषयमा आन्तरिक तयारी भइरहेकै बेला आएको दाहालका यी अभिव्यक्तिलाई लिएर विभिन्न टीकाटिप्पणी हुन थालेका छन्। ‘पार्टीभित्र कार्यविभाजनको कुरा चलिरहेको छ, समान अध्यक्ष भनिए पनि उहाँ पार्टीभित्र दोस्रो नेता जस्तो हो,’ नेकपाका एक नेताले भने।

‘त्यसैले पार्टी वा सरकारमध्ये एउटा पूर्ण रूपमा चलाउने वातावरण बनाउनकै लागि उहाँको यो अभिव्यक्ति आएको हो,’ उनले भने ।

नेकपाभिक्र ‘एक व्यत्ति एक जिम्मेवारी’ को बहस पार्टी एकताकै बेला पनि भएको थियो। एकता नै टर्न सक्ने भएपछि ओली र दाहाललाई समानान्तर अध्यक्ष बनाउने समझदारी बनेको थियो। दुई अध्यक्षको अभ्यास झन्डै ६ महिना चलेपछि यसमाथि पुनर्विचार गर्नुपर्ने लिखित प्रस्ताव गत मंसिर २९ मा सचिवालय सदस्य वामदेव गौतमले स्थायी समिति बैठकमा गरेका थिए।

दुईधारे नीति लिएकै हो : अर्थमन्त्री शीर्षकको समाचारमा अर्थमन्त्री युवराज खतिवडाले बजेटले नागरिकका तात्कालिक आवश्यकताको सम्बोधन र दीर्घकालीन विकासको दरिलो जग बसाल्न दुईधारे नीति लिएको बताएका छन्।

‘दुईधारे भनेको दोधारे होइन, दुईधारे नीति लिनु रणनीतिक रूपमा राम्रो मानिन्छ,’ बिहीबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘जनताको अपेक्षा तत्काल विकास निर्माण भइदेओस् भन्ने छ। कतिपय विषय दीर्घकालीन विकासको सोचले गर्नुपर्छ। त्यसैअनुसार दुवै धारलाई सम्बोधन गर्ने गरी बजेट तर्जुमा गरेका हौं।’

बजेटले सम्बोधन गरेका कतिपय क्षेत्रको प्रतिफल तत्काल नदेखिने उनले बताए। ‘तत्काल नदेखिने काम अहिले सुरु नगरे पछि ढिला हुन्छ,’ उनले भने, ‘संविधानले नै सुनिश्चित गरेको नागरिकको मौलिक हकलाई आलटाल गर्ने सुविधा हामीलाई छैन। त्यसो गर्नु पनि हुँदैन।’ मौलिक हक कार्यान्वयन गर्ने जनउत्तरदायी सरकार भएको उनको दाबी छ।

त्यस्तै पत्रिकाले अन्धविश्वासको पराकाष्ठा, देवी खुसी पार्न भन्दै अढाई वर्षेको निर्मम हत्या शीर्षकमा अर्को समाचार छापेको छ । वैशाख २३ गते अपराह्न ५ बजे। अढाई वर्षका बालक समीर (आर्यन) साह आँगनमा खेलिरहेका थिए। आमा रेणुदेवी नजिकैको बारीमा घाँस काट्दै थिइन्। छिमेकका शत्रुघ्न महतो नजिकैको इनारबाट पानी तानिरहेका थिए, जसलाई आर्यन ‘बाबा’ भनेर सम्बोधन गर्थे। बालक एक्लै खेलिरहेको महतोले पानी थापेकै बेला देखे। ८ भाँडा पानी ओसारेपछि आर्यन नजिक आए। उनलाई काखमा च्यापेर नजिकैको आफ्नो घरतिर लागे। भैंसीको दूध दुहेर आर्यनलाई खुवाए र सुताए।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ७ : २५ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु