रियलमड्रिडबाटै रिटायर्ड हुने रामोसको इच्छा « Khabarhub

रियलमड्रिडबाटै रिटायर्ड हुने रामोसको इच्छा


१७ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस महारथी रियल मड्रिडका कप्तान सर्जियो रामोसले क्लब नछाड्ने स्पष्ट पारेका छन् । रियलका कप्तान तथा डिफेन्डर रोमासले चिनियाँ क्लबमा जाने हल्ला भइरहँदा उनले आफू रियलबाटै रिटायर्ड हुन चाहेको बताएका छन् ।

यो सिजनमा कमजोर प्रदर्शन गरेको रियल छाड्ने योजनामा रहेको समाचार बाहिरिएपछि उनले बिहीबार पत्रकार सम्मेलन गरी आफूले क्लबबाटै खेल जीवन सक्ने योजना बनाएको बताएका हुन् ।

रियलका अध्यक्ष फ्लोरेन्टीनो पेरेजले बुधबार उनको नि : शुल्क ट्रान्सफरका लागि रियलसँग अनुरोध आएको बताएका थिए ।

रामोसका लागि चिनियाँ सुपर लिग खेल्ने क्लबबाट अफर आएको बताइएपनि कुन क्लब हो भन्ने चाहीँ खुलेको छैन् ।

‘यो सही हो । मलाई चिनियाँ क्लबले अफर गरेकै हो । कागजपत्र रियलको टेबुलमा आएका पनि छन् । म यो विषयमा झुठ बोल्न चाहन्न’ ३३ वर्षे रोमोसले भने,‘मेरो सपना रियलबाट खेल जिवन सक्ने छ ।’ सन् २००५ मा रियलमा जोडिएका रामोसको २०२१ सम्म क्लबसँग सम्झौता बाँकी छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार  १ : ३४ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका