‘मारुनी’बाट चम्केलान् पुष्प खड्का ? « Khabarhub

‘मारुनी’बाट चम्केलान् पुष्प खड्का ?


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला निर्माणका क्रममा रहेको फिल्म ‘मारुनी’ को चर्चा भइरहेको छ । चलचित्रमा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडी देख्न सकिनेछ । साम्राज्ञीका कारण पनि फिल्मको राम्रै चर्चा भइरहेको छ । साम्राज्ञीले ‘मारुनी’ को सेटबाट छायांकनका तस्वीर शेयर गरिरहेकी हुन्थिन् ।

यता अभिनेता पुष्प खड्का भने फिल्मका बारेमा सामाजिक सञ्जालमा त्यति शेयर गरेका हुँदैनन् । तर, खबरहबको कुराकानीसँग उनले यो फिल्मबाट आफूले निकै राम्रो प्रतिक्रिया पाएको र काम पनि आफूलाई चित्तबुझ्दो भएको बताएका थिए । हालै उनी अभिनित फिल्म ‘दाल भात तरकारी’ प्रदर्शनमा आएको थियो । तर, सो फिल्मबाट उनले खासै प्रतिक्रिया पाउन सकेनन् । उनले सो फिल्मबाट घाटा पनि नभएको बताएका थिए ।

चलचित्र ‘मारुनी’ बाट भने उनी आशावादी छन् । फिल्म निर्माण टिम उनको अभिनयको तारिफ गर्छ । यसअघि चलचित्र ‘मंगलम्’ मा अभिनय गरेर प्रशंसा पाएका पुष्पले फिल्म ‘दर्पण छाया २’ बाट भने खासै प्रतिक्रिया पाउन सकेका थिएनन् ।

म्युजिक भिडियोमा राम्रै जमेका पुष्प पछिल्लो समय राम्रै जमेका अभिनेतामा पर्छन् । फिल्ममा खासै जम्न नसकेका पुष्पले यो फिल्मबाट तारिफ पाउनेछन् भन्नेमा धेरैले आशा गरेका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  २ : १० बजे

वीरगञ्जमा अचेत भेटिएका गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

काठमाडौँ – गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको ५८ वर्षको उमेरमा

‘हिट किक बक्सिङ–५९’ मा फ्रान्सेली प्रतिद्वन्द्वीसँग भिड्दै अविरल घिमिरे

काठमाडौँ – ‘हिमालयन चितुवा’का नामले परिचित नेपाली युवा बक्सर अविरल

मलेसियाले नेपाललाई दियो १०४ रनको चुनौती : करण केसीले लिए चार विकेट

काठमाडौँ – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले मलेसियालाई १०३

बाढीपीडित पत्रकारको बकपत्र-‘सम्पत्तिका नाममा बोकेको झोलामात्र छ’

म धेरै बेर बस्न सक्ने अवस्थामा छैन। एकछिन कुरा गरेर

विगत बिर्सँदा प्रकोप व्यवस्थापनमा सास्ती

इतिहासकै सबैभन्दा ठूलो सङ्कट हुन सक्छ- हाल नेपालले सामना गरिरहेको