भारतका पटवाल नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक « Khabarhub

भारतका पटवाल नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी उमेश पटवालले पाउने भएका छन् । पटवाल भारतीय नागरिक हुन् ।

पछिल्लो समय नेपाली राष्ट्रिय टोलीमा ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गर्दै आएका पटवाललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गर्ने तयारी गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्रोतका अनुसार उनलाई आईसीसीले एक वर्षका लागि प्रशिक्षक नियुक्त गर्न लागेको हो । यसअघि राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा रहेका थिए । पटवाल नेपाली क्रिकेट टोलीको पछिल्लो सफलताको सारथी पनि हुन् ।

उनी सन् २०१८ मा नेपालले जिम्बाबेमा भएको विश्वकप छनोट खेरिहँदा पनि टोलीमा रहेका थिए ।

नेपालले एकदिवसीय मान्यता पाएसँगै नेपाली टोलीलाई विदेशी प्रशिक्षक आवश्यक रहेको चर्चाकाबीच आईसीसीले पटवाललाई नेपाली टोलीको जिम्मा दिएको हो । उनको नियुक्तिदेखि तलबसम्म आईसीसीले व्यहोर्ने स्रोतले जनाएको छ ।

पटवालले यसअघि अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीको पनि नेतृत्व गरीसकेका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  १ : ४९ बजे

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी– रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ ।

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर