‘एन्टी–डम्पिङ तथा काउन्टरलेभिङ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ समितिबाट पारित « Khabarhub

‘एन्टी–डम्पिङ तथा काउन्टरलेभिङ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ समितिबाट पारित


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ‘सेफगाड्र्स, एन्टी–डम्पिङ तथा काउन्टरलेभिङ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सुझावसहित पारित गरेको छ ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले सो विधेयक सुझावसहित पारित गरेको हो । सम्बन्धित निकायको सुझावसहित सो विधेयक पारित गरिएको समितिका सभापति विमलप्रसाद श्रीबास्तवले जानकारी दिए । समितिको बैठकले सो विधेयक प्रतिनिधिसभा बैठकमा पेश गर्ने निर्णय पनि गरेको छ ।

आयातित बस्तुका कारण स्वदेशी उद्योगलाई हुने गम्भिर हानी तथा नोक्सानीबाट रोक्ने कानुनी व्यवस्था गर्न सरकारले सो विधेयक ल्याएको हो । विधेयकमा स्वदेशी उद्योगलाई गम्भिर नोक्सान पु¥याउने गरी कुनै पनि बस्तुको आयात भएमा त्यसलाई रोक्न भन्सारमा अतिरिक्त महशुल लगाउने, त्यस्तो माल बस्तुको आयातमा पूर्ण वा आंशिक परिमाणात्मक बन्देज लगाउने प्रावधान राखिएको छ ।

स्वदेशी उद्योगको हितका लागि अतिआवश्यक सो विधेयक समितिले आवश्यक छलफल गरी पारित गरेकोमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले समितिप्रति आभार व्यक्त गरे ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ३ : ५२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन