महँगी ६% मा सीमित राख्न र आर्थिक वृद्धिदर ८.५% हासिल गर्न कठिन: अर्थविद् | Khabarhub Khabarhub

महँगी ६% मा सीमित राख्न र आर्थिक वृद्धिदर ८.५% हासिल गर्न कठिन: अर्थविद्


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर र दवाबमा आएको बजेटले मुलुकलाई समृद्धिको दिशातर्फ डोर्‍याउन नसक्ने अर्थविदहरुले बताएका छन् । दुई तिहाई सरकारको पहिलो वर्षभन्दा दोस्रो वर्षको बजेटमा झन् वढी दवाब र प्रभावको गन्ध आएको अर्थविदहरुले बताएका हुन् ।

आईएसएसआर, पेभेलियन ग्रुप र खबरहबडटकमको संयुक्त आयोजनामा काठमाडौंको दरबारमार्गस्थित पेभेलियन हलमा शुक्रबार भएको ‘बजेट समीक्षा’ कार्यक्रममा अर्थविदहरुले साँढे आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र मुद्रास्फिति ६ प्रतिशतमा सीमित राख्ने बजेटको लक्ष्य पूरा गर्न सरकारलाई चुनौती रहेको बताएका हुन् । उनीहरुले सरकारले ल्याएको बजेट विकासमुखी नभएको भन्दै कार्यान्वयन समेत चुनौती रहेको प्रतिक्रिया दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले आफ्नै चरित्र अनुसारको बजेट ल्याएको बताए । उनले सरकारको चरित्र प्रचारमुखी भए जस्तै बजेट पनि प्रचारमुखी नै भएको आरोप लगाए ।

डा. महतले भने, ‘सरकार कहिले पानी जहाज कुदाउँछु भन्छ, कहिले पाइपबाट ग्यास ल्याउँछु भन्छ तर यथार्थमा गर्दैन र सक्दैन, खाली भ्रमको खेती गरी झुठो प्रचारवाजीले केही हुँदैन । बजेट पनि त्यस्तै आएको छ ।’

उनले सरकारको कामकारबाहीप्रति टिप्पणी गर्दै वर्तमान सरकार कामप्रति भन्दा पनि आफ्नै प्रचारमा बढी केन्द्रित रहको बताए । उनले भने, ‘मलाई त हाँसो उठ्छ, प्रधानमन्त्री फलानो कार्यक्रम, राष्ट्रपति चिलानो कार्यक्रम आएका छन् , सरकारलाई आफनै नामको प्रचार किन गर्नुपर्‍यो ? मलाई अच्चम लाग्छ । हुँदा हुँदै यो रोग प्रदेशमा र स्थानीय तहमा पनि सरिसकेको छ । अहिले प्रदेशमा पनि मुख्यमन्त्री फलानो कार्यक्रम, मेयर चिलानो कार्यक्रम आउन थाल्यो रे ! अब कुन दिन वडाअध्यक्ष स्तरीय नामक कार्यक्रम आउन पनि बेर छैन् । कार्यक्रमको आगाडि पछाडि सरकारको नाम जोड्ने परिपाटी सबैले बन्द गर्नुपर्छ ।’

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्ययक्ष स्वर्णिम वाग्लेले सरकारले ल्याएको बजेटप्रति कटाक्ष गर्दै बजेट विकासमुखीभन्दा पनि नेता तथा कार्यकर्तामुखी भएको बताए । वाग्लेले भने ‘‘शुरु शुरुमा अर्थमन्त्री पुरै आक्रमक हुनुहुन्थ्यो, ठोस–ठोस विकासमुखी कार्यक्रम मात्र बजेटमा समावेश गर्ने उहाँको धरणा थियो, पछि पार्टी र नेताको दवाव थेग्न सक्नु भएन ।’’

उनले सासंद विकास कोष र अनुउत्पादक क्षेत्रमा बजेट विनियोजन नगर्ने भन्ने मन्त्री खतिवडाको पहिले देखिकै अडान भएपनि बामसरकारको पहिलो बजेटमा उनले घोषणा गरेको कुरा कार्यन्यवनमा भने आउन नसकेको बताए ।

उनले भने,‘ पहिले वर्षको बजेटमा अर्थमन्त्री पोलेटिकल माइण्डमेकप बनाएर आउनु भएको थियो चार वर्ष अक्रमक भएर काम गर्ने, अन्तिम वर्ष जनता र कार्यकर्तालाई पपुलिष्ट कार्यक्रममा पैसा लुटाएर स्थायी राजनीतिक मुकाम हालिस गर्ने । अहिले पनि त्यो भन्दा कम छैन ।’

त्यस्तै, कार्यक्रममा अर्थ समितिका सदस्य विष्णु रिमालले पुँजी समयमै खर्च हुन नसक्नु बजेटको एक मात्र नकारात्मक पक्ष भएकोे बताए । असार मासान्तमा आधा बजेट सकाउन खोज्ने प्रवृतिले पनि गुणस्तरीय आयोजना तथा परियोजनाहरु निर्माण हुन नसकिरहेको उनले औल्याए । रिमाल भन्छन् ‘‘सरकार अब चनाखो हुनुपर्‍यो, असारको पहिलो साताबाटै बजेट कार्यान्वयनतर्फ सरकारले ध्यान दिनुपर्छ, अनि मात्र बजेटको सार्थकतासिद्धि हुन्छ ।’

कार्यक्रममा पूर्वअर्थमन्त्री तथा नेकपा नेता सुरेन्द्र पाण्डेले भने सरकारले ल्याएको बजेटको बचाउ गरे । उनले बजेटप्रति आइरहेको नकारात्मक टिप्पणीहरु कुनै तर्कसंगत नभएको तर्क गरे ।

उनले भने,‘प्रतिपक्षले सरकार ऋणमा भरपर्‍यो भनिरहेको छ, तर बजेटमा २०/३० प्रतिशत ऋण समावेश हुनु सामान्य कुरा हो, विकसित मुलुकको बजेट ६०/७० प्रतिशत ऋणमा भरपरेको हुन्छ, जनतामा वितृष्णा फैलाउने यो विपक्षीको प्रपञ्चमा मात्र हो ।’

हाल सरकारले समाजिक सुरक्षाभत्ता बढाएर प्रत्यक्ष २२ लाख जनता र कर्मचारीको तलब बढाएर ९ लाख कर्मचारी लाभान्वित भएको बताए । सरकारले ल्याएको बजेट र कानूनमा कुनै समस्या नभएको तर कहिले कहीँ कर्मचारीहरुले बनाउने नियामावलीहरुमा भने नीतिगत समस्या ल्याउने पाण्डेको भनाइ छ । उनले भने, ‘अब विदेशी कम्पनी डाईड्रोपावर निर्माण गर्न इक्छुक छन्, तर खै कति वटा रुख नरोपी डाईड्रो बनाइन नपाईने रे । अव विदेशीले हाईड्रो बनाओस कि रुख रोपोस् ? यस्तो झन्झटबाट लगानीकर्तालाई मुक्त पार्नुपर्छ ।’

त्यसैगरी, राष्ट्रिय योजना आयोगका पुर्व–सदस्य डा.गोविन्द नेपालले प्राज्ञिक वर्गले बौद्धिक वहस गुर्नपर्ने बताउँदै बजेटप्रति नकारात्मक टिप्पणी गरेर मात्र सरकारलाई निरुत्साहित पार्न नुहने बताए । उनले सरकारले कृषि र पर्यटन जस्तो उत्पादनशील र आम्दानीमुखी क्षेत्रमा बजेटले सम्बोधन गर्न नसकेको बताए ।

कार्यक्रममा पूर्व अर्थमन्त्री, अर्थविद्, अर्थशास्त्री लगायतले बजेटका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ६ : ४७ बजे

आजका समाचार : प्रधानमन्त्री ओली न्युयोर्कमा, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा प्रचण्डको जोड

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक :

गुणस्तरीय पानी आपूर्तिलाई उच्च प्राथमिकतामा राखेका छौँ : मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई

वेस्ट ह्याममाथि चेल्सीको शानदार जित

काठमाडौं– चेल्सीले इङ्लिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडलाई पराजित

महिलाले रथ ताने, इन्द्रजात्रा समापन (तस्बिरहरू)

काठमाडौं – बसन्तपुर क्षेत्रका स्थानीय महिलाहरूले कुमारी, गणेश र भैरवको

पाकिस्तानको रावलपिण्डीमा डेङ्गुको सङ्क्रमण बढ्दै

एजेन्सी– रावलपिण्डीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । बिशेषगरी पोटोहार