न्यायाधीश ढकाल नियुक्तिको निर्णय झिकाउन सर्वोच्चको आदेश « Khabarhub

न्यायाधीश ढकाल नियुक्तिको निर्णय झिकाउन सर्वोच्चको आदेश


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले सेवाग्राहीसँग घुस लिएको आरोप लागेका उच्च अदालतका न्यायाधीश लेखनाथ ढकाललाई नियुक्ति गर्ने न्याय परिषद्को निर्णय झिकाउन आदेश जारी गरेको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलाशले सेवाग्राहीबाट रु १८ लाख घुस लिएको आरोप लागेका न्यायाधीश ढकाललाई उच्च अदालतको न्यायाधीशमा नियुक्ति गर्ने न्याय परिषद्को निर्णय झिकाउन आदेश जारी गरेको हो ।  आदेशमा परिषद्ले विवादमा रहेका न्यायाधीश ढकाललाई उच्च अदालतमा नियुक्ति गर्नाका आधार र कारण खुलाउन भनेको छ ।

परिषद्को यही जेठ १४ गते बसेको बैठकले तत्कालीन जिल्ला न्यायाधीश ढकाललाई उच्च अदालतको न्यायाधीश बनाउने निर्णय गरेको थियो । ढकाल जिल्ला न्यायाधीश हुँदादेखि नै सेवाग्रहीबाट घुस लिएको उजुरी न्याय परिषद्मा परेको थियो । तर घुस लिएको भन्ने प्रमाणित भने भएको छैन ।

काभ्रेपलाञ्चोक जिल्लाका उमेश बानियाँले आफूबाट घुस लिएको उल्लेख गर्दै न्यायाधीश ढकालविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यसअघि, सर्वोच्च प्रशासनले रिट निवेदन दरपीठ गरेपछि बानियाँ इजलासमा निवेदन दिएर न्यायाधीश सपना प्रधान मल्लको इजलासले निवेदन दर्ता गर्न आदेश गरेको थियो ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ७ : २५ बजे

रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

काठमाडौँ – रसुवा जिल्लामा आएको विनाशकारी बाढी र पहिरोपछि ठूलो

बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार

आईएफआरसीद्वारा बाढी प्रभावितलाई तत्काल १९ करोड सहयोग घोषणा

काठमाडौँ– रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले तिब्बतबाट आएको

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र हैदराबाद खेल्दै

काठमाडौँ– अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय