न्यायाधीश ढकाल नियुक्तिको निर्णय झिकाउन सर्वोच्चको आदेश « Khabarhub

न्यायाधीश ढकाल नियुक्तिको निर्णय झिकाउन सर्वोच्चको आदेश


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले सेवाग्राहीसँग घुस लिएको आरोप लागेका उच्च अदालतका न्यायाधीश लेखनाथ ढकाललाई नियुक्ति गर्ने न्याय परिषद्को निर्णय झिकाउन आदेश जारी गरेको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलाशले सेवाग्राहीबाट रु १८ लाख घुस लिएको आरोप लागेका न्यायाधीश ढकाललाई उच्च अदालतको न्यायाधीशमा नियुक्ति गर्ने न्याय परिषद्को निर्णय झिकाउन आदेश जारी गरेको हो ।  आदेशमा परिषद्ले विवादमा रहेका न्यायाधीश ढकाललाई उच्च अदालतमा नियुक्ति गर्नाका आधार र कारण खुलाउन भनेको छ ।

परिषद्को यही जेठ १४ गते बसेको बैठकले तत्कालीन जिल्ला न्यायाधीश ढकाललाई उच्च अदालतको न्यायाधीश बनाउने निर्णय गरेको थियो । ढकाल जिल्ला न्यायाधीश हुँदादेखि नै सेवाग्रहीबाट घुस लिएको उजुरी न्याय परिषद्मा परेको थियो । तर घुस लिएको भन्ने प्रमाणित भने भएको छैन ।

काभ्रेपलाञ्चोक जिल्लाका उमेश बानियाँले आफूबाट घुस लिएको उल्लेख गर्दै न्यायाधीश ढकालविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यसअघि, सर्वोच्च प्रशासनले रिट निवेदन दरपीठ गरेपछि बानियाँ इजलासमा निवेदन दिएर न्यायाधीश सपना प्रधान मल्लको इजलासले निवेदन दर्ता गर्न आदेश गरेको थियो ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ७ : २५ बजे

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी